फिफा विश्वकप फुटबल आजबाट रुसमा शुरु हुँदै ।।


फिफा विश्वकप फुटबल आजबाट रुसमा शुरु हुँदैछ । २१ औं संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरेको छ । रसियाको लुझनिकि स्टेडियममाआज आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबीच नेपाली समय अनुसार राती ८ः४५ बजे विश्वकप २०१८ को उद्घाटन खेल हुँदैछ। रसिया र साउदी अरेबिया विश्वकपमा पहिलो पटक खेल्न लागेका हुन्।विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा कुनै पनि आयोजक टिम पराजित भएका छैनन्। फिफा बरियतामा ७० औं स्थानमा रहेको रसिया र ६७ औं स्थानमा रहेको साउदी अरेबिया बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । तर रसियालाई घरेलु मैदानको फाईदा हुनेछ । उद्घाटन खेलमा अर्जेन्टिनाका नेस्टर पिटाना मूख्य रेफ्री रहने फिफाले जनाएको छ ।यस पटकको विश्वकपमा भडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको पनि प्रयोग हुनेछ। खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुने बताइएको छ। विश्वकप २०१८ का लागि विशेषरुपमा तयार पारिएको टेलस्टार १८नामक बल प्रयोग हुँदैछ । गत वर्ष एडिडासले यो बल सार्वजनिक गरेको थियो। यो बल सन् १९७० को फिफा वर्ल्डकपमा प्रयोग भएको टेलिस्टारकै आधुनिक संस्करण हो।सन् २०१८ को संस्करणमा नयाँ छाला तथा उच्च प्रविधिको प्रयोग गरिएको छ। बल सहज रूपमा नियन्त्रण गर्न सकिनेछ। टेलस्टार १८ मा किक लागेपछि यो आकाशमा निकै समय उड्नेछ। टेलस्टार १८ लाई एडिडासले पाकिस्तानमा बनाएको हो। यो विश्वकपमा ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र अर्जेन्टिनालाई प्रमूख दाबेदार टोली मानिएको छ ।

 

प्रतिकृया दिनुहोस

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै

विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदै ।।

रुसमाजारी विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदैछ । विश्वकपअन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आजहुने पहिलो

स्वेच्छिक मृत्युका लागि देश छाडे १०४ बर्षका वैज्ञानिकले ।।

विदेशका खबर अष्ट्रेलियामा १०४ वर्षीय वैज्ञानिकले मृत्युका लागि अनौठो अभ्यास गरेका छन् । वैज्ञानिक डेविड गुडअलले स्वेच्छिक मृत्युका लागि आफ्नो देश