चार्टर्ड एकाउन्टेन्टहरुकालागी एडभान्स एक्सेल तालिम

 

       रुपन्देहीका विभिन्न प्रतिष्ठान तथा लेखा ब्यवसायमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरुका लागी एडभान्स एक्सेल तालिम नयाँमिलमा सम्पन्न भएको छ ।
   नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाको आयोजनामा भएको तालिम कार्यक्रमको सिए मनोज काफ्लेले सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा रुपन्देहीका २३ जना चार्टर्ड एकाउन्टेन्ट्को सहभागिता रहेको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाका अध्यक्ष सिए प्रेम भुर्तेलले विभिन्न प्रतिष्ठानका सदस्य सिएहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उंहाले आगामी दिनमा पनि क्षमता अभिवृद्धि गर्ने खालको तालिम कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
तालिम कार्यक्रममा  सिए प्रताप कर्माचार्य, शाइन रेसुंगा विकास बैंकका एजिम सिए यशोधन पाण्डे, सिए छबिलाल पोख्रेल लगायतले सिएहरुको क्षमता अभिवृद्धि गर्नमा तालिम फलदायी हुने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

रोकिए बैंकहरु, व्याजदर नबढाउने ‘भद्र सहमति’

  २६ मंसिर, काठमाडौं ।  ब्याजदर बढाउने बैंकहरुको तयारी तत्कालका लागि रोकिने भएका छन् । वित्त बजारमा ‘आतंक’ फैलाउने गरी बैंकहरुले व्याज बढाउन

सशर्त अनुदान सोझै खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी

बुटवल, ३० कात्तिक ।  वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश सरकारलाई थप भई आएको रकम सोझै खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय भएको छ ।

दशैँका लागि नयाँ नोट असोज १२ गतेदेखि वितरण हुने

नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२