ताजा खबर

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो । फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप जित्न सफल भएको हो ।  फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र केलियन एमबाप्पेले समान एक एक गोल गर्नुभएको थियो । फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो । क्रोएसियाका लागि इभान पेरिसिक र मारियो मान्डुज्कीले १–१ गोल फर्काउनुभएको थियो ।विश्वकपको उपाधि जित्ने क्रममा फ्रान्सले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । उपाधी जितेसँगै फ्रान्सले  १८ क्यारेट सुनको ट्रफीसँगै २९ मिलियन पाउण्ड प्राप्त गरेको छ । दोस्रो भएको क्रोएसियाले २१ मिलियन पाउण्ड र तेस्रो भएको बेल्जियमले १८ मिलियन पाउण्ड प्राप्त गरेको छ ।यसैबीच विश्वकप फुटबलको २१ औं संस्करण अन्र्तगत फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित हुनुभएको छ । विश्वकप फुटबलमा इङ्ल्याण्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बन्नुभएको छ । इङ्लिस क्लब टोटनह्यामका स्ट्राईकर समेत रहनुभएका केनले विश्वको उत्कृष्ट स्ट्राईकरको रुपमा गोल्डेन बुट हात पार्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस

जिसिए कपको तयारी पुरा

शनिबारदेखि शुरु हुने दोस्रो जिसिए कप टि–टवान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा हुने

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने

  गोलपार्क क्रिकेट क्लबले दोस्रो संस्करणको जिल्लास्तरीय नकआउट टि–२० टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । गोलपार्क परिसरमा शुक्रबार टिमको

१८औं लिस्नु कप फुटबल ः

 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ