औद्योगिक सुरक्षा गुल्मका डि.एस.पि.लाइ संघमा स्वागत

                  रुपन्देही उद्योग संघले ५ गते शनिबार एक समारोहकाबीच शसस्त्र प्रहरी बल औद्योगिक सुरक्षा बल गुल्मका प्रहरी नायव उपरीक्षक गमबहादुर कुँवरलाई संघमा स्वागत गरेको छ । संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न स्वागत समारोहमा अध्यक्ष अधिकारीले रुपन्देहीको समग्र औद्योगिक अवस्था र गतिविधि सम्बन्धमा जानकारी गराउँदै हालसम्म औद्योगिक सुरक्षा गुल्मले खेलेको भूमिका महत्वपूर्ण रहेको जानकारी गराउनु भएको थियो ।

        कार्यक्रममा बोल्नुहुँदै डिएसपी गम बहादुर कुँवरले उद्योग र उद्योगीको सुरक्षाका लागि सुरक्षा गुल्मले  संचालन गरिरहेको गतिविधिहरु बारेमा जानकारी गराउँदै औद्योगिक विकास विना राज्यले आर्थिक विकास र संमृद्धि हासिल गर्न नसक्ने बताउनु भएको थियो । कुँवरले यस क्षेत्रको औद्योगिक सुरक्षाका लागि उद्योगी व्यवसायी र व्यवसायिक संघसंस्थाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

           कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीले शुभकामना मन्तव्य व्यक्त     गर्नु भएको थियो भने कार्यक्रमको संचालन संघका महासचिव कृष्ण प्रसाद पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा संघका कार्यसमिति र सल्लाहकारज्यूहरुको उपस्थिति रहेको थियो ।  

 

 

प्रतिकृया दिनुहोस

रोकिए बैंकहरु, व्याजदर नबढाउने ‘भद्र सहमति’

  २६ मंसिर, काठमाडौं ।  ब्याजदर बढाउने बैंकहरुको तयारी तत्कालका लागि रोकिने भएका छन् । वित्त बजारमा ‘आतंक’ फैलाउने गरी बैंकहरुले व्याज बढाउन

सशर्त अनुदान सोझै खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी

बुटवल, ३० कात्तिक ।  वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश सरकारलाई थप भई आएको रकम सोझै खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय भएको छ ।

दशैँका लागि नयाँ नोट असोज १२ गतेदेखि वितरण हुने

नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२