ताजा खबर

१८औं लिस्नु कप फुटबल ः


 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  पशुपति माविको मैदानमा सोमबार भएको खेलमा नवयुवाले  दाङ नयांबजार घोराहीविरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो । नवयुवालाई जित दिाउन संजय थापाले पहिलो हाफको २५ औं मिनेटमा र दिपेश गुरुङले दोस्रो हाफको १० औं मिनेटमा एक–एक गोलको योगदान गरे । दाङका लागि आशिष घर्ती क्षेत्रीले दोस्रो हाफको ३३औं मिनेटमा सान्त्वना गोल गरे । सोमबारको खेलमा दाङका आशिष घर्ती नै  म्यान अफ द म्याच भए । मंगलबार रुपन्देहीको सियारी–१ डिवाईसी र फुलबारी गाइज बुटवलबीच खेल हुने क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब  दादर ११,पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल सहित  रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 

प्रतिकृया दिनुहोस

जिसिए कपको तयारी पुरा

शनिबारदेखि शुरु हुने दोस्रो जिसिए कप टि–टवान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा हुने

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने

  गोलपार्क क्रिकेट क्लबले दोस्रो संस्करणको जिल्लास्तरीय नकआउट टि–२० टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । गोलपार्क परिसरमा शुक्रबार टिमको

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै