व्यूटिसियनलाई मेकअप र फेरियल तालिम

 

 मेकअप तथा श्रीङ्गार सम्बन्धि सामानहरुको उत्पादन गर्ने भारतीय कम्पनी नेचसर्श र क्लरेन्सले व्युटिसियनहरुलाई स्पेसल मेकअप र फेसियल सम्बन्धि तालिम प्रदान गरेको छ । आईतबारदेखि बुटवलमा सुरु भएको तालिममा रुपन्देही सहित पाल्पा, कपिलबस्तु, नवलपरासी, दाङलगायतका जिल्लाबाट ६० जना सहभागि भएका छन् भने तालिममा कम्पनीका हेड टेक्निसियन निरज कुमारले प्रशिक्षण गर्नुभएको छ ।

आईतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुने तालिममा मेक अप तथा फेसियल गर्दा मानवीय स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु सहित प्रयोगात्मक रुपमा प्रशिक्षण हुने कम्पनीका नेपाल बजार प्रमुख रमेश उप्रेतीले जानकारी गराउनु भयो ।

तालिमको स्थानीय व्यबस्थापकमा कम्पनीको आधिकारिक विक्रेता बुटवलको आर्क टे«डर्स प्रालि रहेको छ । तालिम कार्यक्रमका संयोजक तथा आर्क ट्रेडर्स प्रालिका सञ्चालक उदयप्रकाश जिसीले नयाँ प्रविधिको बिकास संगै कम्पनीले नयाँ उत्पादन गरेका सामानहरुको प्रयोग गर्ने तरिकाका बारेमा प्रशिक्षण हुने बताउनु भयो ।

आर्क ट्रेडर्सका अर्का सञ्चालक रामबन्धु अंकितले नयाँ युगसंगै व्यूटिसियनलाई समयसापेक्ष तालिम आवश्यक हुने र सोही अनुसार कम्पनीले वेलावेलामा तालिम सञ्चालन गर्ने गरेको बताउनु भयो । बुटवल लगत्तै कम्पनीले दाङ, कोहलपुर, नेपालगञ्ज, लम्कीमा पनि तालिम सञ्चालन गर्ने कम्पनीका नेपाल बजार प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सचेत हुनुस अभिभावक ! मोबाइल र कम्प्युटरले बिगार्न सक्छ बालमस्तिष्क

तपाईंका बालबच्चा के गर्दा धेरै खुसी हुन्छन् ? जबाफको लागि तपाईं सायद धेरै घोत्लिनुहुन्न । झटपट जवाफ दिनुहुनेछ, ‘अँ, मोवाइल खेल्न पाउँदा ।’ जब-जब

नेपाल फर्केर श्रृंखलाले भनिन्, ‘ताज नजिते पनि सबैको माया जितेँ’

चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको

कोरियाली मेकअप ट्रेन्ड किन विश्वभर तिव्ररुपमा फैलिरहेको छ ?

हजारौं वर्षदेखि आकर्षक र सुन्दर देखिनको लागि मेकअपको प्रयोग गर्दै आएका छन् । यस्ता मानिसहरु फेसनको दुनियाँमा चलिरहेको ट्रेन्डसँग अपडेट पनि रहन्छन्