रेडियो मुतmीले आज गते तीजगीत प्रतियोगिता गर्दै

२० भदौ,

महिला समानताका लागी संञ्चार अभियानद्धारा सञ्चालित महिलाहरुको सामुहिक आवाज सामुदायिक रेडियो मुतmी ९५।५ बुटवलले आज जिल्ला स्तरिय खुला तीज गीत प्रतियोगिता गर्दैछ । नेपाली महिलाहरुको महान पर्ब हरितालिका पर्ब तीजको अवसर पारेर हरेक वर्षहरुमा जस्तैं यस वर्ष पनि रेडियोले आज बिश्व हिन्दु महासंघको सभाहलमा खुला तीज गीत प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिता सम्पन्न गर्नका लागी रेडियोमा बसेको बैठकले स्टेशन प्रमुख कल्पना तिवारी संयोजकत्वमा सात सदस्यि तयारी समिती पनि गठन गरेको छ । र्सयोजक तिवारीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी ,दिनुभयो । 
    “सम्बृद्धिको मार्गमा सिपयुतm महिला ,लैङ्गिक सहभागिता सहितको सहयात्रा ”बिषयक तीज गीत प्रतियोगीतामा प्रतिस्पर्धा गर्नका लागी १२ टिमले नाम दर्ता गराएको तिवारीले जानकारी दिनुभयो ।  रेडियोले बिगतका बर्ष जस्तै यस बर्ष पनि एक महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको रेडियोका कार्यबाहक अध्यक्ष खेमकुमारी पोख्रेलले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु १५,०००,द्धितियले रु १०,०००,तृतीय हुनेले रु ७,००० र प्रोत्साहन स्वरुप रु५००० पुरस्कार प्राप्त गर्ने रेडियोले जनाएको छ । कार्यक्रममा कलाकारहरु प्रचण्ड जि।सी ,कल्पना कुसुम ,हास्यकलाकार बिण्णु जी पाण्डे माइला बा , दुर्गा नेपाल, सकुन्तला ढकाल , बसन्त लम्सालको बेजोड प्रस्तुती रहनेछ । दिउसो १ बजे बाट सुरु हुने प्रतियोगितामा सहभागी भइ मनोरञ्जन लिनुहुन रेडियोले सम्पसणै जिल्लाबासी लाई आनुरोध गरेको छ ।  प्रतियोगिताको मिडीया पार्टनरमा नेपालकै पहिलो सामुदायिक टेलिभिजन लुम्बिनी सामुदायिक टेलिभिजन बुटवल र बुलेटिन नेपाल डट कम रहेका छन ् । सचेत नारी सचेत परिवार ,हरेक क्षेत्रमा समान अधिकारको नारा लिएर २०६५ सालमा स्थापना महिलाहरुद्धारा सञ्चालित रेडियो दैनिक १८ घण्टा प्रसारण हुदै छ । रेडियोले हरेक बर्ष जिल्ला स्तरिय खुला तिज गीत प्रतियोगिता आयोजना गर्दै आएको छ । 

 

प्रतिकृया दिनुहोस

नेपाल फर्केर श्रृंखलाले भनिन्, ‘ताज नजिते पनि सबैको माया जितेँ’

चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको

कोरियाली मेकअप ट्रेन्ड किन विश्वभर तिव्ररुपमा फैलिरहेको छ ?

हजारौं वर्षदेखि आकर्षक र सुन्दर देखिनको लागि मेकअपको प्रयोग गर्दै आएका छन् । यस्ता मानिसहरु फेसनको दुनियाँमा चलिरहेको ट्रेन्डसँग अपडेट पनि रहन्छन्

सुशान्त बने ‘मिष्टर काठमाडौ २०१८’ 

‘मिष्टर काठमाडौ २०१८’को उपाधि सुशान्त काजी श्रेष्ठले जितेका छन् । १० प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । काठमाडौको सबैभन्दा ठुलो एक