ताजा खबर

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने



 

गोलपार्क क्रिकेट क्लबले दोस्रो संस्करणको जिल्लास्तरीय नकआउट टि–२० टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । गोलपार्क परिसरमा शुक्रबार टिमको जर्सी सार्वजनिक गर्दै प्रतियोगिता आयोजना गर्ने क्लबका अध्यक्ष मच्छिन्द्र श्रेष्ठले बताए । बुटवल बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको उपाधि विजेताले कपसहित नगद एक लाख, प्रमाणपत्र, मेडल तथा उपविजेता टिमलाई कपसहित नगद ४५ हजार, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यही असोज १३ गतेबाट प्रतियोगिता शुरु हुने छ। 
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ३ का कार्यवाहक वडाअध्यक्ष चिन बहादुर गुरुङ्गले नेपालमा पछिल्लो समय बढेको क्रिकेटको क्रेजलाई मध्येनजर गरेर तीन तहकै सरकारले खेल पूर्वाधारलाई जोड दिएको बताए । कार्यक्रमका संयोजक राजेश थापाले प्रतियोगितामा दुई दर्जन टिमले सहभागिता जनाउने पक्का भैसकेको बताए । 
सामाजिक अभियन्ता मुक्तिराज पौडेलले एउटै खेलले नेपालको अन्तराष्ट्रिय पहिचान गराउने दाबी गर्दै क्रिकेट खेल र खेलाडीको विकासमा राजनीतिक दलबाटै पहल थाल्नुपर्ने बताए । कार्यक्रममा वडासदस्य लिला श्रेष्ठ, सरस्वती कुवँर, आनन्द भगत श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष विष्णु ढकालले प्रतियोगिता आयोजनामा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

 

प्रतिकृया दिनुहोस

जिसिए कपको तयारी पुरा

शनिबारदेखि शुरु हुने दोस्रो जिसिए कप टि–टवान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा हुने

१८औं लिस्नु कप फुटबल ः

 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै