जिसिए कपको तयारी पुरा



शनिबारदेखि शुरु हुने दोस्रो जिसिए कप टि–टवान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष मच्छिद्र श्रेष्ठले बताए । दोस्रो संस्करणको उपाधि विजेता टिमले कपसहित नगद १ लाख, उपविजेता टिमले कपसहित ४५ हजार र तृतिय टिमले नगद १५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने उनले बताए । प्रतियोगितालाई एभरेष्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रयोजन र बज्राचार्य आभुषण सहप्रयोजन गरेको छ । 
मुख्य प्रायोजक एभरेष्टका विष्णु थापाले सामाजिक उत्तरदायित्वअन्तरगत खेलको विकासमा आफुहरुबाट सहयोग भएको बताए । बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले बुटवलमा क्रिकेट खेलको पूर्वाधार बनाउन पहल थालेको बताए ।
बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा सदस्य सरस्वती कुवँरले युवाहरुलाई खेलमार्फत अघि बढाउनुपर्ने बताईन । प्रतियोगितामा ३२ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने खेल संयोजक राजेश थापाले बताए । 

 

प्रतिकृया दिनुहोस

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड

एन प्याब्सनको  खेल सप्ताहमा जुनियर र सिनियरका खेल सम्पन्न

  बुटवल, ११ माघ । नेशनल प्याब्सन रुपन्देहीको आठौँ खेल सप्ताह अन्तरगत जुनियर तथा सिनियर तर्फका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सप्ताह अन्तरगत