रुपन्देहीमा  क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने

रुपन्देहीमा  क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको  छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न थालिएको हो रोटरी क्लब अफ बुटवलको अगुवाईमा तिलोत्तमाको मणिग्राममा आईतबार भएको विस्तारित भेलामा सहभागी रोटरीयनहरुले यस क्षेत्रमा क्यान्सर अस्पतालको अभाव रहेकाले संचालन गर्नु पर्नेमा जोड दिए ।  क्यान्सर अस्पताल संचालनको लागि सहकार्य गर्न तयार रहेको रोटरी इन्टरनेश्नल डिष्ट्कि ३२९२ अन्तरगत जोन फाईवका रोटरी क्वलका अध्यक्ष तथा प्रतिनिधिहरुले बताएका छन ।’ जोन फाईभका २१ बटा क्लबहरुले क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा साथ दिने प्रतिवद्धता पछि अभियान्ताहरु उत्साहित भएका छन ।क्यान्सर अस्पताल स्थापनाको लागि श्रोत जुटाउने कार्य शुरु भएको संयोजक हुतानन्द खनालले जानकारी दिए । उनले रोटरी क्लबहरुको सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धताले आफूहरु उत्साहित भएको बताए ।करिव ६ करोड रुपैया संकलन पछि अस्पताल संचालनगर्न सकिने अर्का अभियान्ता तथा रोटरी क्वल अफ बुटवलका पुर्व अध्यक्ष अजयमान श्रेष्ठले वताए । उनका अनुसार १५ वर्षे गुरुयोजना बनाएर अघि वढिने छ ।

                  क्यान्सर अस्पताल स्थापनाको लागि अभियानमा हिडेका अर्का अभियान्ता डा दिलिप भटट्राईले  अस्पताल संचालनको सम्भावना रहेको बताउदै त्यसको लागी सवैको सहकार्य आवश्यक रहेको बताए । आईतवार भएको भेलामा दाताहरुले सहयोगको समेत घोषणा गरी सकेका छन त्रिभूवन विश्व विद्यालयका उप प्राध्यापक समेत रहेका रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले १ वर्षको सम्पुर्ण तलव अस्पताल स्थापनार्थ सहयोग गर्ने घोषणा गरे । त्यसैगरी समाजसेवी आरसि आचार्यले घुमाउरो पारमा १० लाख रुपैया सहयोग गर्ने घोषणा गरे । त्यसैगरी रोटरी क्वल अफ तिलोत्तमा मिड टाउनकासचिव  थानेश्वर पाण्डेले पिएच एफ वरावर सहयोग गर्ने बताए । रोटरीमा पिएचफ भनेको १ लाख रुपैया सम्मको डोनरलाई वुझिन्छ ।

                 यस अघिनै बुटवलका समाजसेवी  सिमली फाउण्डेशनका संस्थापक महेन्द्र अर्याल र उनको परिवारले ४५ लाख रुपैया सहयोग गर्ने घोषणा गरिसकेको छ । भेलामा फाउण्डेशनका कानुनी सल्लाहकार  वलराम न्यौपानेले अर्यालको परिवारले आफ्नो सवै श्रीसम्पत्ति अस्पतालाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए । रोटरी क्लब अफ बुटवलका आयोजना , अभियानका संयोजक हुतानन्द खनालको अध्यक्षता रोटरी इन्टरनेश्नल जोन फाईभका चियर पर्सन  कृष्ण प्रसाद अर्यालको प्रमुख आतिथ्यता, रोटरी क्वल अफ बुटवलका सचिव  दया भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय