ताजा खबर

सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न

भैरहवा असोज २५,
बिश्व दृष्टी दिवसका अवसरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल रुपन्देहीले सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न गरेको छ । शिबिरमा सो क्षेत्रका १६५ जना आंखाका बिरामीहरुले सेवा लिएका थिए । उनिहरु मध्ये ३० जनामा मोतियाबिन्दु भेटिएको अस्पतालका बरिष्ठ चिकीत्सक डा सलमा केशीले जानकारी दिईन । उनिहरुको अस्पतालले निशुल्क अप्रेसन गर्ने शिबिरका संयोजक कमल राज जोशीले जानकारी दिए । निशुल्क आंखा शिबिरको उद्धघाटन गर्दै प्रदेश सभा सदस्य तुल्सी चौधरीले सहर केन्द्रीत उपचार सेवालाई ग्रामीण क्षेत्र सम्म ल्याउन सुझाव दिए । कार्यक्रममा नेत्रज्योती संघ रुपन्देहीका अध्यक्ष सागर प्रताव राणाले दसै तिहार लगतै अमवामा पनि आंखा उपचार सेवा केन्द्र स्थापन गरी सेवा प्रारम्भ गर्ने बताए । सियारी गांउ पालीकाका अध्यक्ष अध्योध्या थारुले आंखा उपचार सेवा केन्द्र अमवा क्षेत्रमा स्थापना भए यो क्षेत्रका सर्बसाधारणहरुलाई आंखा उपचारका लागी सहज हुने बताए । कार्यक्रमम अस्पतालका निर्देशक बरिष्ठ चिकीत्सक डा सलमा केसीले ग्रामीण क्षेत्रका सर्बसाधारणहरुमा आंखाका समस्याहरु बढी हुने गरेको बताउदै आंखामा समस्या देखीने बितकै अस्पतालमा सम्पर्क गर्न आग्रह गरीन । कार्यक्रममा नेत्रज्योती संघ रुपन्देहीका सदस्य राजेन्द्र पन्थीले निकट भबिश्यमा अमवामा स्थापना हुने आंखा उपचार सेवा केन्द्रले सो क्षेत्रका जनतालाई उपचार सेवामा सहजता मिल्ने बताए ।  आंखा उपचारमा उत्कृष्ठ रहेको लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थाको अध्ययन अवलोकनका लागी सो अवसरमा १७ जना अमेरिकी टोलीले समेत सहभागीता जनाएको थिए । सेवा फाउण्डेसनमा आबद्ध अमेरीकी टोलीले बिगद तिन दिन देखी अस्पतालको सेवा सुबिधा र स्तरीय उपचार सेवाको अध्ययन गर्दै आईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।

भैरहवा असोज २५,  सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ । सिदार्थनगर उधोग

व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण 

  बुटवल २५ असोज रुपन्देहीका होटल व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण प्रदान गरिएको छ ।    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने