व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण 

 

बुटवल २५ असोज

रुपन्देहीका होटल व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण प्रदान गरिएको छ ।   

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार विजया दशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रमा शान्ति सु्रक्षाको वारेमा ईलाका प्रहरी कार्यालय बुटवल र लगानीको वारेमा एनआईसी एशिया बैंकले  व्यवसायीलाई प्रशिक्षण गर्नु भएको हो । 

                                     एनआईसी एशिया बैंकका पर्यटन कर्जा प्रमुख रोशन कोईरालाले पर्यटन प्रर्वद्धनका लागि बैकले  साढे १४ अर्व लगानी गर्ने गरी रकम विनियोजन गरेको बताउनु भयो ।उहाँले न्यूनतम ५० हजार देखि  अधिकृतम  १ सय ५० करोड सम्म लगानी गर्न सकिने बताउदै व्यवसायीले  यो अवसरलाई सदुपयोग गर्न आह्वान गर्नु भयो ।   त्यस्तै चाडपर्वको समयमा हुने अपराधीक गतिबिधीलाई नियन्त्रण गर्न होटल व्यवसायीले सहयोग गर्न ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले आह्वान गर्नु भयो । प्रनाउ मल्लले बुटवललाई पर्यटकीय हर्वका रुपमा विकास गर्न विशेष क्षेत्र पहिचान गर्न समेत  आग्रह गर्नु भयो । 

        सो अवसरमा व्यवसायीहरुले प्रदेश ५ को राजधानी समेत रहेको बुटवलमा  रातीको १० वजे नै व्यवसाय बन्द गर्नु पर्दा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सेवा प्रदानमा कठिनायी भएकोले समयाबधी बढाउन माग गर्नु भएको थियो . संघका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल, संघका सल्लाहकार हिराध्वज शाह, महेन्द्र श्रेष्ठ , बावुराम श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ,, महिला समिति संयोजक चन्द्रा गौतम, व्यवसायी कमल खनाल, महासचिव माधव कुमार खनाल लगायतले व्यवसायीको सुरक्षाका लागि  स्थानिय र प्रदेश सरकार  गम्भिर हुनु पर्नेमा जोड दिनु भएको थियो ।    

 

प्रतिकृया दिनुहोस

मोतीपुर माविमा विद्यार्थीहरुको समिति पूर्नगठन

बुटवल, २४ जेठ बुटवल उपमहानगरपालिका वडा नं. १७ स्थित मोतीपुर माविमा अतिरिक्त क्रियाकलापका लागि विभिन्न सदनात्मक समितिहरु पुर्नगठन भएका छन ।

रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी

रुपन्देहीको गैडहवा गाउँपालिकाको न्यायिक समितिमा तालाबन्दी गरिएको छ । न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुभउती यादवले न्यायिक समितिमा

देशका लागि गर्नुपर्ने कामको फेहरिस्त बनाउँदैछु

रेडियो नेपालको सरकारी जागिर छोडेर राप्रपामा प्रवेश गरेकी कोमल वली महाधिवेशनबाट भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । राप्रपाबाट उनी