सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।


भैरहवा असोज २५, 
सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ ।
सिदार्थनगर उधोग बाणीज्य संघले बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव पौष १ गते सम्म संञ्चालन रहने छ ।  संघले अन्तिम पटक २०७१ सालमा मेला आयोजना गरेपछी जग्गा अभावको कारण आयोजना गरेको थिएन । 
         ३ बर्ष पछी फेरी संघले मेलाको आयोजना गर्न थालेको हो । पर्यटन, कृषी र उधोगको विकास,राष्ट्रिय सम्वृद्धिको आधार भन्ने मुल नाराका साथ संघ द्वारा सातौ पटक आयोजना गर्न लागिएको जानकारी सिद्धार्थ उधोग बाणिज्य संघका अध्यÔ कुल प्रसाद न्यौपानेले जानकारी दिए ।
सिद्धार्थनगर र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटनलाई प्रबर्द्धन गर्ने र विभिन्न जिल्लाका मौलिक विशिष्ठिकृत बस्तु तथा उत्पादनहरुको प्रर्दशनी र प्रवर्द्धन गर्ने रहेको उनले बताए । मेलामा ३ लाख दर्शक भित्रयाउने लक्ष्य रहेको छ । मेलामा पर्यटन क्षेत्रका गतिबिधी संगसंगै बिभिन्न क्षेत्रका २ सय ५० स्टल रहने छ । 
      लुम्बिनीमा पर्यटकहरुको चासोलाई अभिबृद्धि गर्ने खालको मेला स्थलमा बृतचित्र प्रस्तुत, भगवान गौतम बुद्धको पबित्र जन्मस्थली लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम सम्म आन्तरीक तथा वहय पर्यटकहरुलाई बिशेष प्याकेज बनाएर भ्रमणको ब्यवस्था गरिने, ११ दिन सम्म सञ्चालन हुने मेलामा बाल उद्यानका साथै कुस्ती र भलिवल प्रतियोगिता समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

पहिलो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

भैरहवा,फागुन २ बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुल विहीबार पनि बैंक तथा वित्तीय