ताजा खबर

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।


भैरहवा असोज २५, 
सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ ।
सिदार्थनगर उधोग बाणीज्य संघले बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव पौष १ गते सम्म संञ्चालन रहने छ ।  संघले अन्तिम पटक २०७१ सालमा मेला आयोजना गरेपछी जग्गा अभावको कारण आयोजना गरेको थिएन । 
         ३ बर्ष पछी फेरी संघले मेलाको आयोजना गर्न थालेको हो । पर्यटन, कृषी र उधोगको विकास,राष्ट्रिय सम्वृद्धिको आधार भन्ने मुल नाराका साथ संघ द्वारा सातौ पटक आयोजना गर्न लागिएको जानकारी सिद्धार्थ उधोग बाणिज्य संघका अध्यÔ कुल प्रसाद न्यौपानेले जानकारी दिए ।
सिद्धार्थनगर र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटनलाई प्रबर्द्धन गर्ने र विभिन्न जिल्लाका मौलिक विशिष्ठिकृत बस्तु तथा उत्पादनहरुको प्रर्दशनी र प्रवर्द्धन गर्ने रहेको उनले बताए । मेलामा ३ लाख दर्शक भित्रयाउने लक्ष्य रहेको छ । मेलामा पर्यटन क्षेत्रका गतिबिधी संगसंगै बिभिन्न क्षेत्रका २ सय ५० स्टल रहने छ । 
      लुम्बिनीमा पर्यटकहरुको चासोलाई अभिबृद्धि गर्ने खालको मेला स्थलमा बृतचित्र प्रस्तुत, भगवान गौतम बुद्धको पबित्र जन्मस्थली लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम सम्म आन्तरीक तथा वहय पर्यटकहरुलाई बिशेष प्याकेज बनाएर भ्रमणको ब्यवस्था गरिने, ११ दिन सम्म सञ्चालन हुने मेलामा बाल उद्यानका साथै कुस्ती र भलिवल प्रतियोगिता समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

 

प्रतिकृया दिनुहोस

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने

सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न

भैरहवा असोज २५, बिश्व दृष्टी दिवसका अवसरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल रुपन्देहीले सियारी गांउपालीका वडानं ७

रुपन्देहीमा  क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने

रुपन्देहीमा  क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको  छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न