दीपका विद्यार्थीद्वारा महिला हिंसा विरुद्ध सडक नाटक तथा हस्ताक्षर सङ्कलन अभियान सुरु गरे

       

दीप बोर्डिङ हाई स्कूल बुटवल–८, सुख्खानगरको कक्षा १० का विद्यार्थीहरूले बलात्कार र किशोरी माथि हुने यौन हिंसाका विरुद्ध सडक नाटक तथा हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका छन् । समाजमा बढिरहेको महिला हिंसा र यसले निम्त्याएको समस्यालाई समाधान गर्न महिला हिंसाविरुद्ध सडक नाटक तथा हस्ताक्षर अभियान सुरु गरिएको हो । विद्यालय हाताभित्र नाटक प्रदर्शन गर्ने क्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्mल्यास पेपरमा हस्ताक्षर गरेपछि कार्यक्रमको औपचारिक शुभारम्भ भएको हो ।

                     नाटक प्रदर्शन तथा हस्तारक्षर अभियान ४ दिनसम्म चल्ने र त्यसपछि सङ्कलित हस्ताक्षरलाई पदेश नं. ५ का मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने कुरा विद्यालयका उपप्राचार्य सुरेन्दकुमार शाक्यले बताउनुभयो । कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूले देवीनगर चौपारी र जेसिजचोकमा सडक नाटक तथा हस्ताक्षर सङ्कलन गरेका थिए भने नाटकमा सारांश थापा, धिरज चौहान, सुजल केसी, सङ्गम खड्का, एलिना शिवाकोटी, प्रशस्त मिश्रा, मधु राना, करुणा भण्डारी, स्नेहा डाला मगर, सुलभ भण्डारी, विनिता बस्याल, सृष्टि पौडेल र सुस्मिता पाण्डेको अभिनय रहेको थियो । करुणा थापाद्वारा लिखित नाटकमा महिलालाई यौन हिंसा गर्ने, तेजाब छर्कने र विभिन्न बहानामा गरिने महिला हिंसासम्बन्धी विषयवस्तुलाई समावेश गरिएको छ । 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ