गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामै डायलाईसिस सेवा संचालन गर्ने


                    पाल्पा जिल्लाबाट नियमित मृगौलाको डायलाईसिस गर्दै आएका विरामीहरुलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामै डायलाईसिस सेवा संचालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं. ६ स्थीत श्री प्राथमिक बिद्यालय लहरेपिपलको भवनमा डायलाईसिस सेवा संचालन गरिने अस्पतलाले जनाएको छ । 
तानसेनमा डायलाईसिस सेवा संचालन भएपछि पाल्पा संगै छिमेकी जिल्लाहरु अर्घाखांची, गुल्मी, स्याङजा र बागलुङ्गबाट समेत नियमित रुपमा मृगौला डायलाईसिस गराउन बुटवल आउनुपर्ने विरामीहरुलाई राहत मिल्ने छ । डायलाईसिस सेवाको अभावमा हाल सो क्षेत्रका मृगौला बिरामीहरु बुटवल, भैरहवा, चितवन तथा काठमाण्डौमा पुगेर सेवा लिन बाध्य छन् ।
हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र नियमित ४८ जना मृगौलाका विरामीहरु डायलाईसिस सेवा लिन आउने गरेका छन् । त्यो संगै पाल्पाको लागि पायक पर्ने गुल्मी, अर्घाखांची, स्याङजाको र बागलुङ्गबाट ६२ जना विरामी नियमित डायलाईसिसको लागि आउने गरेको अस्पतालले जनाएको छ ।
                मृगौलाको डायलाईसिसको लागि हप्तामा २ देखि ३ पटक सम्म बाहिर जानुपर्ने बिरामीहरुको सोहि बाध्यतालाई मध्यनजर गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सेवा संचालनको लागि जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिका संग स्थान उपलब्ध गराउन आग्रह गरेको थियो ।
अस्पतालको आग्रह अनुरुप जिल्ला समन्वय समिती पाल्पाको पहलमा प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्था र सरोकारवालाहरु सहितको सर्वदलिय, सर्र्वपक्षिय भेलाले बन्द अवस्थामा रहेको विद्यालयको उक्त भवन डायलाईसिस सेन्टरको लागि उपलब्ध गराउने निर्णय गरेको हो । 
                      रोटरी ईन्टरनेशनलको सहयोगमा १० वटा मेसिन जडान गरी मंसिर महिनासम्म डायलाईसिस सेवा संचालन गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मृगौलाको डायलाईसिसको लागि स्वास्थ्य मन्त्रालयमा सूचिकृत भई बिरामीहरुलाई निःशुल्क सेवा दिंदै आएको छ । डायलाईसिस संगै मृगौलाका विरामीले गर्नुपर्ने नियमित रगत परिक्षण समेत अस्पतालले निशुल्क गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

सशर्त अनुदान सोझै खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी

बुटवल, ३० कात्तिक ।  वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश सरकारलाई थप भई आएको रकम सोझै खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय भएको छ ।

बरामद गरिएको लागु औषध नष्ट

  प्रहरीले बरामद गरेको ठूलो परिमाण लागु औषध शुक्रबार ईलाका प्रहरी कार्यालय बुटवलको परिषरमा नष्ट गरिएको छ । प्रहरीले बिभिन्न मितिमा बिभिन्न

कर दिवसमा सप्ताहव्यापी कार्यक्रम गरिदै

  भैरहवा,कार्तिक २९ आन्तरिक राजश्व कार्यालय भैरहवाले ‘‘करःसमृद्ध नेपाल,सुखी नेपालीको भर’’ भन्ने नाराका साथ सातौं राष्ट्रिय कर दिवस २०७५ को