दुइजना वेलायती नागरिकले बुटवल स्थीत अपागं आश्रममा सहयोग गरे


             पश्चिम नेपाल विकास टस्टको संयोजनमा दुइजना वेलायती नागरिकले बुटवल स्थीत अपागं आश्रममा सहयोग गरेका छन । उनीहरुले अपागं आश्रममा रहेका तीस जनालाई खाद्यन्य सहयोग गर्दै अपाग.हरुसग खुशी साटेका छन । वेलायतबाट नेपाल भ्रमणमा आएका व्रायन कोनेली र आन कोनेलीले मंगलवार अपागंहरुसग बसेर उनीहरुलाईृृृृृ खाना खुवाएका थिए ।
टस्टका अध्यक्ष गौरीमाया थापा, सचिव माधवप्रसाद आचार्य, कोषाध्यक्ष पदम घिमिरेसहितको टोलिसगै आश्रममा पुगेका व्रायन र आनले अपांगहरुलाई सहयोग गर्दा आफूहरुलाई खुशी लागेको बताए । कोषाध्यक्ष घिमिरेका अनसार कोनेली दम्पत्तीले विगतमा पनि सस्था मार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन । 
       यस पटक पनि उनीहरुले पोखराका एकजनालाई उपचार खर्च वापत रकम उपलब्ध गराएका छन । पोखराका रत्न गुरुगंका छोराको उपचारका लागि १५ शजार रुपैया प्रदान गरेको घिमिरेले बताए  । समाजसेवामा रमाउने कोनेली दम्पत्ती हरेक वर्ष जसो नेपाल भ्रमणमा आउछन । उनीहरुले सस्था मार्फत गरिव दुखी तथा विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको घिमिरेले बताए ।
पोखराका पर्यटन ब्यवसायी गोपाल भुसालको अग्रसरमा स्थापना गरिएको सस्थालाई विगतमा स्वर्गिय वेलसिंह थापाले महत्वपूर्ण नेतृत्व तथा योगदान गरेका सस्थाले जनाएको छ  । अध्यक्ष गौरीमाया थापाको नेतृत्वमा विभिन्न सामाजिक काम गर्दै आएको सस्थाले जनाएको छ । सस्थाका अनुसार सस्थाको  विकासमा पर्यटन ब्यवसायी भुसालले पनि विभिन्न रुपमा योगदान पुरयाएका छन । 
 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ