इनरह्वील क्लव अफ बुटवलद्वारा वृक्षारोपण

बुटवल,साउन २६

इनरह्वील क्लव अफ बुटवलले वृक्षारोपण गरेको छ । वातावरणप्रति सचेत रहदै वातावरण सुन्दर र हरियाली बनाउने उदेश्यले क्वलद्वारा वृक्षारोपण गरिएको हो । 

क्लबले बुटवल ४ मा रहेको डिभाइडर इनरह्वील गार्डेनमा विरुवा रोप्नुका साथै रोपिएका पुराना विरुवाको गोडमेल , मलजल गरिएको कार्यक्रम संयोजक अमृता रोकायाले जानकारी दिनुभयो । 

कार्यक्रममा बेलपत्र , फूललगायत विभिन्न प्रकारका १८ विरुवाहरु रोपिएको क्लवले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व अध्यक्ष सञ्जिला कसजुले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि क्लव वातावरण र समाजप्रति उत्तरदायी हुँदै विभिन्न काम गरेको र आगामी दिनमा पनि यी र यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेकोे कार्यक्रममा संस्थापक अध्यक्ष बसुन्धरा कसजुले मन्तव्य व्यक्त गरेको सचिव मिथिला श्रेष्ठले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रम क्लवका अध्यक्ष लुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस