आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं,भदौ ९
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो देशभर साधारणतया बादल लाग्ने जनाएको छ । हिमाली भू(भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही तथा मधेस र कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू(भागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ ।





प्रतिकृया दिनुहोस