सुनको भाउ ११ हजार ३०० रुपैयाँले घट्यो

 

काठमाडौँ,२७ कात्तिक 

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो।

छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ। तिहारअघिको कारोबार दिन (कात्तिक २२ गते) सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । 

तिहार बिदामा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑