रास्वपाका २० जना सांसद चीन प्रस्थान
काठमाडौँ,२९ कात्तिक
सत्तारूढ रास्वपाका २० जना सांसद चीन भ्रमणमा गएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार आज उनीहरू चीन प्रस्थान गरेका हुन्।
‘कम्युनिस्ट पार्टी अफ चाइनाको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीको २० सदस्यीय प्रतिनिधिमण्डल आजदेखि १० दिने औपचारिक चीन भ्रमणमा प्रस्थान गर्दैछ। यस भ्रमणको मुख्य उद्देश्य दुई पार्टीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाल–चीन सम्बन्धमा सहकार्यका नयाँ सम्भावना खोज्नु हो,’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री विपिन आचार्यले भन्नुभयो।
भ्रमणका क्रममा मुख्यतः तीन विषयमा केन्द्रित रहेर छलफल हुने उहाँले बताउनुभयो।
‘पार्टीगत सम्बन्ध र सहकार्यः दुई पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार, ज्ञान आदानप्रदान र भविष्यमा राज्यका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने, विपद् व्यवस्थापनः भूकम्प, बाढीपहिरो लगायतका विपद्पछिको व्यवस्थापनमा चीनको अनुभव र अभ्यासबारे जानकारी लिने तथा सहकार्यका क्षेत्र पहिचान गर्ने, आर्थिक तथा व्यावसायिक सहकार्यः चीनको आर्थिक विकासबाट नेपालले लिन सक्ने अवसर, लगानी, व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने, यस भ्रमणले भविष्यमा पार्टी सभापति तथा प्रधानमन्त्रीको चीन भ्रमणका लागि संवाद र सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयो।





प्रतिकृया दिनुहोस