सैजु स्मृति प्रतिष्ठानद्दारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान
बुटवल , साउन १५
कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) ले समाजसेवा मार्फत राष्ट्रलाई योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९३ औ र समाजसेवी कृष्णप्यारी सैजुको ९२ औ जन्म जयन्तीको अवसरमा १२ औ पुरस्कार सम्मान तथा भजनकृतन ,कविता बाचन समारोह सम्पन्न भएको छ ।
समारोहमा समाज सेवा मार्फत राष्ट्रलाई योगदान पुर्याउने पुर्व शिक्षक लबकुमार जोशी पाल्पा , प्रकाशक बसन्तध्वज जोशी , इतिहासविद् निर्मल श्रेष्ठ , साहित्यकार शकुन्तला पौडेल, एभिन्युज टेलिभिजनका पत्रकार दामोदर ज्ञवाली , रेडियो मुक्ति बुटवलका कार्यक्रम प्रमुख प्रतिमा गौतम, समाजसेवी नारायण अग्रवाल लगायतलाई सम्मान गरेको हो ।
त्यस्तै सस्थागत सम्मान सिध्द्दार्थ साहित्य परिषद भैरहवा र विद्यामन्दिर पुस्तकालय बागलुङलाई प्रदान गरेको छ । शिक्षा छात्रवृति सुनवल स्थित जनसेवा माध्यमिक विद्यालयका २ जना छात्र दुईजना विद्यार्थीलाई वार्षिक को पूर्ण शुल्क सहित एकमुष्ट २०हजार २५० रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै एसईइ परिक्षामा उत्कृष्ट जीपिए ४ ल्याउने कान्ति माध्यमिक विद्यालयका.विद्यार्थी सिजल पन्थीलाई समेत सम्मान गरिएको थियो ।
प्रमुख अतिथी बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेले समाज परिवर्तनमा कर्मयोगी समाजसेवी गणेशमान सैजुले पुर्याएको योगदानको जति चर्चा गरे पनि नसकिने भन्दै उनले बाबुले अगाडी बढाएको कार्यलाई छोराहरुले निरन्तरता दिएकोमा खुसी ब्यक्त गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथी कान्ति माध्यमिक विद्यालयका अध्यक्ष जिवन प्रसाद वझा ,विश्व हिन्दु महासघ लुम्बिनी प्रदेसका अध्यक्ष वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्री , बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, सिद्धार्थ साहित्य परिषद् अध्यक्ष डिल्लीराज भट्टराई , हिरा देवी शाक्य,विश्व हिन्दु महासंघ नगर समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठ इतिहासविद् निर्मल श्रेष्ठ , बोलबम धामकासंरक्षक गुरु व्यासाचार्य किशोर गौतम , प्रदीप उदय , गुरु सीमान्त खुसी.लगायतले.बोल्दै समाज कर्मयोगी समाजसेवी गणेशमान सैजुको देखाएको बाटोमा सबैलाई लाग्न प्रेरित गर्नुभएको थियो ।
सम्मान कार्यक्रम कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) संगै विश्व हिन्दु महासंघ रुपन्देही ,नवजागृति बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट , नवजागृति पुस्तकालय , श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रमले सहकार्य गरेका हुन् । कर्मयोगी वरिष्ठसमाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्र्ट) , बुटवल–४ ले ज्ञानोदय दिवा÷रात्री मा.वि. मा विधार्थी छात्रवृत्ति अक्षय कोष , बुध्द सामुदायिक टेलिभिजन उत्कृष्ट प्रत्ररिताका पुरस्कार स्थापना अक्षय कोष , लायन्स क्लब अफ बुटवलमा लायन्स उद्यमशिल पुरस्कार स्थापना अक्षय कोष , बुटवल जेसीज उत्कृष्ट युवा पत्रकारिता पुरस्कार स्थापना अक्षय कोष , धौलागिरि साहित्य प्रतिष्ठान, बाग्लुङ्ग भुपि शेरचन साहित्य प्रतिष्ठान स्थापना अक्षय कोष , नेवाः पुच, बुटवल विधार्थी छात्रवृत्ति अक्षय कोष स्थापना , सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाशममा अक्षय कोष स्थापना , नवज्योति आदर्श बालकुन्ज बाल आश्रम अक्षय कोष स्थापना लगाएतका विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
कर्मयोगी समाजसेवी गणेशमान सैजुको विक्रम सम्वत १९९० श्रावण ६ गते पाल्पा जन्म भएको थियो भने २०७५ साल मा उहाँको देहान्त भएको थियो । कार्यक्रममा स्वस्थी बाचन ॐ ज्ञानज्योतिका सम्पादक कृष्ण प्रसाद कोईरालाले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत विश्व हिन्दु महासंघ.जिल्ला शाखा रुपन्देही.महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रम विश्व हिन्दु महासंघ रुपन्देही अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता तथा अनुपमान सैजुको संचालनमा सम्पन्न भएको थियो ।





प्रतिकृया दिनुहोस