विश्व हिन्दु महासंघ रुपन्देहीद्धारा २६७ औं नियमित बैठक सम्पन्न
बुटवल, चैत ४
विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीद्धारा २६७ औं नियमित बैठक सम्पन्न भएको छ । २०८२ चैत्र २ गते सोमबार विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देही कार्यालयको सभाहलमा आयोजित सत्सङ्ग तथा भजन किर्तन र नियमित बैठक चार संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला समितिका पदाधिकारी तथा सदस्यहरुको सामुहिक टोलीबाट भजन किर्तन गरि कार्यक्रमको सुरुवात गरिएको थियो । विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देही,विश्व हिन्दु महासंघ रुपन्देही महिला समिति , विश्व हिन्दु महासंघ बुटवल उपमहानगरपालिका नगर समिति र नव जागृति पुस्तकालयले सत्सङ्ग तथा भजन किर्तन कार्यक्रम हरेक महिनाको २ र १५ गते नियमित रुपमा गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बरिष्ठ अधिवक्ता डा. बेन बहादुर पौडेल क्षेत्रीले विश्व हिन्दु महासंघले भजन किर्तन तथा सत्सङ्ग कार्यक्रमसंगै सामाजिक कार्यमा पनि महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । यस्तै उहाँले सत्सङ्गले मानव जीवनमा संस्कार र अनुसाशनमा सहयोग पुगेको भन्दै यसको निरन्तरताका लागि सबैलाई सक्रिय भएर लाग्न समेत आग्रह गर्नुभयो । महिला समितिका महासचिव सुजिता शेरचनको स्वागत तथा कार्यालय प्रमुख उर्मिला श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा पं.कृष्ण प्रसाद कोइरालाले वैदिक प्राथना गराउनु भएको थियो ।
कार्यक्रममा विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेश सचिव कमलकान्त पौडेल, जिल्ला उपाध्यक्ष डा. बाबुराम ज्ञवाली,लुम्बिनी प्रदेश सदस्य नेत्र प्रसाद पाण्डे,व्राहमण समाज रुपन्देही जिल्ला अध्यक्ष टोपलाल भुसाल,यदुनाथ लामिछाने,हिरा देवी शाक्य, बुटवल नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ,देवदह नगर अध्यक्ष गणेश प्रसाद आचार्य लगायतले शुभकामना मनतव्य राखेका थिए।
यसै अवसरमा नव जागृति वुलेटिनको १३७ औं अंक लोकार्पण गरिएको छ । नवजागृति बुलेटिन हरेक महिनाको २ र १५ गते पाक्षिक रुपमा प्रकाशित हुदै आएको सनातन धर्म र संस्कृतिलाई संरक्षण एवं प्रवद्र्धन गर्ने आध्यामिक पत्रिका हो ।विश्व हिन्दु महासंघ केन्द्रिय सचिव पुनाराम पोख्रेलले सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको समापन अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले गर्नुभएको हो ।





प्रतिकृया दिनुहोस