रोटरी क्लब अफ तिनाउ बुटवलद्वारा खाद्यान्न सहयोग
बुटवल,साउन २९
रोटरी क्लब अफ तिनाउ बुटवलले तिलोत्तमा–६ स्थित अनाथ तथा असहाय महिला कल्याण समाज आश्रममा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।क्लबले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि एसाइन एसिस्टेन्ट गभर्नर रोटरियन ई.दुजेन्द्र बस्नेतले आश्रमका अध्यक्ष मैना देवी भण्डारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै बस्नेतले रोटरीले स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा काम गर्दै आएको बताउनुभयो। आश्रमजस्तो पुण्यस्थलमा आएर सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउदै उहाँले आगामी दिनमा पनि आश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आश्रमका अध्यक्ष मैना देवी भण्डारीले संस्था स्थापना भएदेखि नै आमाबुवा नभएका अनाथ बालबालिकालाई आश्रयसँगै शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। हाल आश्रममा कक्षा ४ देखि ११ सम्म अध्ययनरत १३ जना बालक रहेका छन्। सबैको सहयोग र सहकार्यबाट मात्रै सामाजिक सेवा सम्भव हुने भन्दै उहाँले रोटरी क्लबले आवश्यक सामग्री सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो।
रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष मायादेवी भट्टराईको अध्यक्षता,पूर्व अध्यक्ष रोटरियन कल्पना तिवारीको स्वागत तथा सचिव रोटरियन रमा क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। रोटरी क्लब अफ तिनाउ बुटवल महिलाहरु मात्रै आवद्ध सामाजिक संस्था हो ।





प्रतिकृया दिनुहोस