लुम्बिनी बोर्डिङ स्कुलमा निर्वाचन सम्पन्न

बुटवल, साउन ३१
बुटवल– ३,  चिडियाखोला,  सहस्र पथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलमा विद्यार्थीहरूका क्याप्टेन र भाइस क्याप्टेनका लागि निर्वाचन सम्पन्न भएको छ । विद्यालयमा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू मतदाता रहेको उक्त निर्वाचन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन गरिएको थियो । सोही निर्वाचनमा विद्यार्थी क्याप्टेनका लागि २ जना र भाइस क्याप्टेनका लागि ४ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन सञ्चालन गर्नका लागि सम्परिवेक्षकका रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्याल र परिवेक्षकका रुपमा विद्यालयका सहप्राचार्य कौशलराज बस्याल, मतदान अधिकृतका रुपमा शिक्षक दान ब. विश्वकर्मा र सदस्यका रुपमा शिक्षक सुदिप बस्याल, सुरज भुसाल, प्रमेश गैरे र सुवास थापा रहनु भएको थियो । आज नै मतगणना सम्पन्न भएको उक्त निर्वाचनबाट विद्यार्थी क्याप्टेनका रुपमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सन्दिप अर्याल र भाइस क्याप्टेनका रुपमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सचिन पाण्डे विजयी भएका छन् । 

निर्वाचित विद्यार्थीहरूलाई कार्यक्रमका मतदान अधिकृत शिक्षक दान बाहादुर विश्वकर्माबाट विजेताको प्रमाण पत्र प्रदान गरिनुको साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सह–प्राचार्यबाट टिका र खादा प्रदान गर्दै बधाइ व्यक्त गरिएको थियो । निर्वाचित विद्यार्थीहरूले आगामी कार्यकालका बारेमा आआफ्ना धारणाहरूसमेत व्यक्त गरेका थिए ।   

प्रतिकृया दिनुहोस