वेस्टर्न मेगा कलेज र नेम आईटी एजुकेशनले सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने
बुटवल,भदौ १
बुटवल–१५, ढवाहा स्थित वेस्टर्न मेगा कलेज प्रा. लि. र नेम आईटी एजुकेशनबीच विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धि, आईटी तालिम तथा इन्टर्नसिप सुविधा प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । २०८३ साउन ३१ गतेदेखि लागू हुने गरी वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा र नेम आईटी एजुकेशनका प्रबन्ध निर्देशक इन्जिनियर अमृत रानाभाटले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता कायम भएसँगै वेस्टर्न मेगा कलेज र नेम आईटी एजुकेशनबीच चार मुख्य क्षेत्रमा दुई वर्षका लागि आपसी सहकार्य अघि बढ्नेछ ।
सम्झौताका मुख्य बुँदा तथा सुविधाहरूबारे जानकारी दिँदै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले नेम आईटीले कलेजको ब्रान्डिङ्ग अनुसार ब्रोसर, ब्यानर, सामाजिक सञ्जालका सामग्री तथा प्रोस्पेक्टस डिजाइन गर्नुका साथै कलेजको आधिकारिक वेबसाइट निर्माण, विकास र नियमित प्राविधिक मर्मत–सम्भार गर्ने बताउनुभयो । साथै, विद्यार्थी तथा प्राध्यापकहरूका लागि वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा BHM पढाउँदै आएको र यस वर्षदेखि ४ वर्षे BIT समेत अध्यापन सुरु गरेको छ । उत्कृष्ट छात्रवृत्ति सहित शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा ४ वर्षे BIT, BHM एवं स्नातकोत्तर तहमा २ वर्षे MBA मा भर्ना समेत खुलेको छ । सिप सम्बन्धी छोटो अवधिका विशेष तालिम तथा कार्यशालाहरू सञ्चालन गरिनुका साथै वेस्टर्न मेगा कलेजले सिफारिस गरेका योग्य विद्यार्थीहरूलाई नेम आईटीले प्रयोगात्मक इन्टर्नसिप, मेन्टरसिप तथा प्रमाणपत्र उपलब्ध गराउने शर्माले बताउनुभयो ।
विद्यार्थीहरूले अध्ययनसँगै सूचना प्रविधिको क्षेत्रमा व्यावहारिक अनुभव, नयाँ सीप तथा उद्योग–अनुकूल ज्ञान हासिल गर्न सकून् भन्ने उद्देश्यले कलेजले यो सहकार्यलाई अगाडि बढाएको हो । यस सम्झौताले कलेजको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूलाई भविष्यमा आईटी क्षेत्रका प्राविधिक चुनौतीहरू सामना गर्न थप सक्षम बनाउने कलेज प्रशासनले जनाएको छ ।
वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा BHM पढाउँदै आएको र यस वर्षदेखि ४ वर्षे BIT समेत अध्यापन सुरु गरेको छ । उत्कृष्ट छात्रवृत्ति सहित शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा ४ वर्षे BIT, BHM एवं स्नातकोत्तर तहमा २ वर्षे MBA मा भर्ना समेत खुलेको छ ।





प्रतिकृया दिनुहोस