क्रियाशील पत्रकार महिला (wwj )रुपन्देही अध्यक्षमा कल्पना तिवारी

पाण्डेलाई संघर्षशील पत्रकार सम्मान प्रदान 

बुटवल,भदौ ७
क्रियाशील पत्रकार महिला (डब्लु,डब्लु जे) रुपन्देहीको १६औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी,सचिव बिन्दु भट्टराई,कोषाध्यक्ष सावित्रा अर्याल,सहसचिव कमला अर्याल,सदस्यमा मनीषा नेपाली, लक्ष्मी पाण्डे ,कल्पना शर्मा र सिर्जना भट्टराइ्र्र चयन भएका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले क्रियाशील पत्रकार महिला संस्थाले नाम अनुसार काम गर्नुपर्ने बताउनु भयो ।

संस्था स्थापना गर्नु ठुलो कुरा होइन,यसलाई निरन्तरता दिनु महत्त्वपूर्ण विषय हो भन्दै पत्रकारिता क्षेत्रमा परेको सङ्कटलाई समेत समाधान गरी आफ्ना कार्यक्रम अगाडी बढाउन नगरप्रमुख पाण्डेले आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा बुटवल उपमहानगरपालिकाले संस्थागत सहकार्य र सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामराज पोखरेल,लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य ,रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे,सम्मानित व्यक्ति एवं क्रियाशील पत्रकार महिला रुपन्देहीका संस्थापक अध्यक्ष भगवती पाण्डे,सञ्चारीका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल,नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपाल लगायतले बोल्दै संस्थाले आफ्नो उद्देश्य अनुरूप काम गर्दै सख्यांत्मक भन्दा गुणात्मक परिणाम दिन आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष कल्पना तिवारीले संस्थाले गरेका कार्यसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला पत्रकारहरूको क्षमता तथा नेतृत्व विकास,नीतिगत पैरवी र समाचार लेखनमा संस्थाले जोड दिने बताउनुभयो। संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक हरिकला अधिकारीको स्वागत तथा  सचिव बिन्दु भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार सम्बद्ध संस्थाका अध्यक्ष एवं प्रतिनिधि,सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि र रुपन्देहीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।
संघर्षशील पत्रकार महिला पुरस्कार २०८३ बाट पाण्डे पुरस्कृत
साधारण सभा तथा अधिवेशनकै अवसरमा क्रियाशील पत्रकार महिला रुपन्देही संस्थाले २०६९ सालमा स्थापना गरेको “संघर्षशील पत्रकार महिला सम्मान”२०८३ बाट संस्थाका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश उपाध्यक्ष भगवती पाण्डेलाई सम्मान गरिएको छ । उहाँलाई प्रमुख अतिथि खेलराज पाण्डेले नगद.१५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । पाण्डे सेतोपाटी अनलाइन र लुम्बिनी टेलिभिजनमा कार्यरत हुनुहुन्छ । यो भन्दा अगाडि संघर्षशील पत्रकार महिला सम्मान” पुरस्कारबाट पत्रकार कमला कुवँर,ईन्दिरा अर्याल,माया गौतम,दुर्गा पौडेल,इन्दिरा खनाल सम्मानित भइसक्नुभएको अध्यक्ष तिवारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस