शंकरनगर दुर्गादत्त माविको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन
तिलोत्तमा –१८ असोज
रुपन्देहीको तिलोत्तमा २ स्थित श्री शंकरनगर दुर्गादत्त माविको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाले कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको सदस्यहरुमा कृष्णा बराल , इन्दिरा बस्याल , मोहिनी बिक ,जनप्रतिनिधि पूर्णकला भट्टराई बिक , शिक्षक प्रतिनिधि दिनमणि भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डे , शिक्षक अभिभावक संघ अध्यक्ष वसन्ती आचार्य छायाँ , बाल समूह प्रतिनिधि सुदिक्षा गैरे चयन भएको विद्यालयले जनाएको छ ।
साथै नव निर्वाचित समितिको पहिलो बैठकसमेत सम्पन्न भएको छ । बैठकबाट विद्यालयसँग सम्बन्धित विभिन्न विषयमा छलफलका साथै महत्त्वपूर्ण निर्णयसमेत गरेको विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै विशेष अतिथि विद्यालयका संरक्षक तथा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराईले वडाको तर्फबाट विद्यालयका लागि आवश्यक सहयोग गर्न वडा कार्यालय सधैँ प्रतिवद्ध रहने जनाउनु भयो । सोही अवसरमा विद्यालयका अर्का संरक्षक तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीले पहिलेको तुलनामा विद्यालयमा धेरैँ परिवर्तन भएको बताउँदै आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट बनाउन सुझाव दिनुभयो ।
२०२१ सालमा स्थापना भएको विद्यालयमा हाल नेपाली र अंग्रेजी माध्यममा सेक्टर ए बि गरि करिब १६०० विद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा प्ले ग्रुपदेखि स्नातक तहसम्म विभिन्न सुविधाका साथ विभिन्न विषयमा अध्यापन हुँदै आइरहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण पन्थीले बताउनुभयो ।




.jpeg)
प्रतिकृया दिनुहोस