इनरह्वील मिडटाउनको धार्मिक कार्य : बटुकहरूलाई भोजन

बुटवल,असोज १८
बुटवल–७ स्थित नीलकण्ठ बाबा धामबाट सञ्चालित श्री सन्तोषी माता गुरुकुल विद्याश्रममा रहेका बटुकहरूलाई इनरह्वील क्लब अफ मिडटाउन बुटवलले सोह्र श्राद्धको अवसर पारेर पितृहरूको पुण्य स्मृतिमा भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ।पितृहरूको सम्झना तथा आत्माको शान्तिको कामना गर्दै नीलकण्ठ बाबा धाममा पूजा, तर्पण तथा धार्मिक अनुष्ठानसमेत गरिएको थियो।

कार्यक्रममा आश्रममा रहेका ६० जना बटुकहरूलाई भोजन गराइएको क्लबले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका पास्ट डिस्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले क्लबले नीलकण्ठ बाबा धाममा आएर बटुकहरूलाई सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले क्लबले सेवा गर्दै आएको स्थानमा आगामी दिनमा पनि निरन्तर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महिलाहरूले सेवा गर्ने उद्देश्यले स्थापित क्लबले यस्ता पुण्य तथा सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी बालकृष्ण पोखरेलले आफ्ना बाबा अनन्तराम पोखरेलको पुण्य तिथिको दिन पारेर कार्यक्रममा सहभागी भई बटुकहरूलाई भोजन गराउन पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि आश्रममा समाजसेवाको भावनाले सहयोग गर्ने बताउँदै पितृहरूको सम्मान र सम्झना गर्नु हाम्रो धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो।

उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कार र परम्पराबारे जानकारी गराउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।त्यस्तै, विशिष्ट अतिथि श्री सन्तोषी माता गुरुकुल विद्याश्रमका सचिव डण्डपानी पाण्डेले क्लब तथा सामाजिक संस्थाहरूले अन्य ठाउँमा पार्टी तथा जन्मदिन मनाउनुभन्दा यस्ता पवित्र स्थानमा आएर कार्यक्रम आयोजना गर्दा आश्रमलाई सहयोग पुग्ने बताउनुभयो। 

उहाँले आश्रम आर्थिक सहयोगबाट सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम पवित्र स्थानमा आएर गर्न आग्रह गर्नुभयो।कार्यक्रममा श्री सन्तोषी माता गुरुकुल विद्याश्रम बुटवलका सल्लाहकार चुरामणि पौडेलले पितृहरूको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो।

कार्यक्रमका अध्यक्ष सुशीला पोखरेलले आफू अध्यक्ष भएदेखि असहाय,अशक्त व्यक्ति र आश्रमहरूलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँले पितृहरूको पुण्य स्मृतिमा आयोजना गरिएको यस कार्यक्रमले धार्मिक संस्कार र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो। आगामी दिनमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, बोर्डका सदस्य तथा आश्रमका बटुकहरूको उपस्थिति रहेको थियो। क्लबका सचिव सुधा न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा  क्लबका उपाध्यक्ष (भीपी) गीता खनालले स्वागत मन्तव्य राख्नुभएको थियो।
 

प्रतिकृया दिनुहोस
↑