गगनकुमार थापाद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ,३१ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि पदभार ग्रहण गर्नुभएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराएपछि आयोजित समारोहलगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
असोज १८ देखि २३ गतेसम्म राजधानीमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित हुनुभएको थियो।
यस निर्वाचन परिणामसँगै नेपाली कांग्रेसको नेतृत्व तहमा नयाँ पुस्ताको आगमन भएको विश्लेषण गरिएको छ। शपथ ग्रहणपछि सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा र गतिशील नीतिसहित अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस