बुटवल ७ मा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती सुरु
बुटवल,१६ कार्तिक
बुटवलमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती सुरु भएको छ । बुटवल उपमहानगर वडा नम्बर ७ स्थित सिद्धेश्वर मन्दिर प्राङ्गणमा यही कात्तिक १३ गतेबाट महायज्ञ सुरु भएको हो । महायज्ञको बुटवल महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै मन्दिरलाई व्यवस्थित गर्नका लागि नगरपालिका सधै तत्पर रहेको उल्लेख गर्नुभयो ।
महायज्ञमा प्रमुखवाचक चन्द्रकान्त काफ्लेले दिनहुँ कथा वाचन गर्नुहुनेछ । महायज्ञमा हरेक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म यज्ञमण्डपमा पूजा तथा पाठ पारायण हुनेछ । ११ बजेदेखि साँझ ५ बजेसम्म संगीतमय कथा वाचनका साथै राष्ट्रियस्तरका कलाकारबाट झाँकी प्रदर्शन हुने र साँझ ५ बजेपछि श्रृंगारिक महाआरति हुने मन्दिर व्यवस्थापन समिति तथा आयोजक समिति अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

२०३९ शालमा तत्कालीन वडा अध्यक्ष किशनबहादुर रानाको सक्रियतामा स्थापित मन्दिर संस्थापक अध्यक्ष नारायणबाबु बस्नेतको सक्रियतामा सिद्धेश्वर प्राङ्गणमा विश्व शान्ति महायज्ञद्वारा सङ्कलित रकम बाट भौतिक निर्माण गरिएको थियोे ।
यही कार्तिक १३ गतेबाट सुरु भएको महायज्ञको मुख्य लक्ष्य थप भौतिक निर्माण र अक्षय कोषको स्थापना गर्ने रहेको छ। यज्ञ १९ गते समापन हुनेछ । मन्दिरमा भक्तजनलाई उपस्थित हुन मन्दिर यज्ञ आयोजक समितिले आग्रह गरेको छ ।





प्रतिकृया दिनुहोस