भायानेटको नयाँ सेवा : ‘आजको समस्या, आजै समाधान’

काठमाडौं,कार्तिक ३०
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘आजको Problem, आजै Fix’ सेवा सुरु गरेको छ ।

नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको छ ।

ग्राहक सेवालाई विशेष प्राथमिकता दिँदै आएको कम्पनीले नयाँ सेवामार्फत इन्टरनेटमा समस्या आउँदा लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई कम गर्ने विश्वास लिएको छ । यसले ग्राहकलाई छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने कम्पनीको अपेक्षा छ । प्राविधिक सहयोग आवश्यक परे ग्राहकले भायानेटको सपोर्ट नम्बर ०१–५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस
↑