नाम जस्तै काम गरेको बुटवल १७ रानीगंजको नमुना टोल बिकास संस्था
बुटवल,साउन ९
बुटवलमा टोलबिकास संस्थाहरुले नमुना काम गरेका छन्। बुटवलमा रहेका १९ वडाहरुमा आवश्यकता अनुसार टोलबिकास संस्था गठन गरिएको छ । विकासको तल्लो तहको रुपमा रहेका टोल बिकाससंस्थाहरुले आ –आफ्नो टोलमा खानेपानी ,सरसफाई, सुरक्षा, बिजुलीका समस्या लगायतका बिषयमा छलफल र वडासंग समन्वय गरेका हुन्छन् ।
बुटवल १२ रानीगंजको शिवनगरबस्तीमा रहेको नमुना टोलविकास संस्थाले पनि यस्तै उदारहणीय कार्य गर्दै आएको छ । टोलमा तत्काल ढल निकास, बाटो कालोपत्रे ,ट्रान्सफर्मर थप्नुपर्ने , थप सुरक्षा लगायतका समस्या रहेको नमुना टोल विकास संस्थाका उपाध्यक्ष चिनबहादुर थापाले बताउनुभयो । टोलमा ३०० घरधुरी रहेका छन्।
वहाँसंग हामीले रेडियो मुक्तीको नियमित कार्यक्रम समय सन्दर्भमा कुराकानी गरेका छौ । वहाँसंगको बिस्तृत कुराकानी २०८० साउन १० गते बिहान साढे सात बजेदेखि ८ बजे सम्म रेडियो मुक्ती ९५.५ र रेडियोको वेव साईट www.radiomukti.org र हाम्रो पात्रोमा रेडियो मुक्ती सर्च गरेर संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ ।साथै रेडियो मुक्तीको फेसबुकबाट पनि अडियो लाईभ सुन्नसक्नुहुनेछ ।




प्रतिकृया दिनुहोस