नेतृत्व र संघर्षले खारिएकी प्रभा
बुटवल,साउन ९
आमा उमादेवि रेग्मी र स्व : वुवा दयानिधि रेग्मी कोखबाट स्याङ्गजा को वालिङ्ग नगरपालिका वडा नम्बर २ अर्मादीखोलामा भन्ने गाउँमा प्रभा रेग्मीको जन्म भएको हो । रेग्मीले हिमाली निम्म माध्यमिक बिद्यालय रत्नेदोभान स्याङ्गजामा प्राथमिक तह र रणविर जनहित माध्यमिक बिद्यालय खहरेमा एस एल सी सम्मको अध्ययन पुरा गर्नुभयो ।
उहाँ सानै उमेरमा धनराज अर्यालसंग बैवाहिक जिवनमा बाधिनुभयो । १ छोरा,१ छोरीको आमा बन्नुभएकी अर्यालले जिवनयात्राको छोटो समयमा नै जिवनसाथी गुमाउनुपर्यो । यु एन डि पी , बन तथा भु संरक्षण लगायतका संघसंस्थामा काम गरेको अनुभव संगाल्नुभएकी प्रभा हाल इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको बर्ष २०२२- २३ को अध्यक्षको जिम्म्ेवारी सम्हाल्नुभएको छ ।
उहाँको जिवन संघर्षर कलबका गतिबिधि समेटेर गरिएको रेडियो कुराकानी तपाईले रेडियो मुक्ती स्थापनादेखि हालसम्म निरन्तर प्रसारण हुदै आएको कार्यक्रम हाम्रो अभियानमा सुन्न सक्नुहुनेछ ।
बिस्तृत कुराकानी २०८० साउन १० गते साँझ साढे ६ बजेदेखि ७ बजे सम्म रेडियो मुक्ती ९५.५ र रेडियोको वेव साईट www.radiomukti.org र हाम्रो पात्रोमा रेडियो मुक्ती सर्च गरेर संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ ।साथै रेडियो मुक्तीको फेसबुकबाट पनि अडियो लाईभ सुन्नसक्नुहुनेछ ।




प्रतिकृया दिनुहोस