मानवसेवा आश्रम बुटवलमा नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम हुदै

बुटवल,साउन ३१
मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम शाखा कार्यालय रुपन्देही बुटवलमा आयोजना गर्ने भएको छ । 
यही भाद्र ०५ देखि १३ गतेसम्म नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक,समरर्पित अभियन्ता सरु अधिकारीले बताउनुभयो ।

रेडियो मुक्तीको नियमित कार्यक्रम हाम्रो अभियानमा बोल्दै युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम  आयोजना गरिएको उहाँले बताउनुभयो । 

 
यसपटकको कार्यक्रममा १०१ जना सहभागी गराउने लक्ष्य राखिएको छ । यस कार्यक्रममा फारम भरेकाहरुको हकमा अन्य कार्यक्रमहरुमा पनि अवसर प्रदान गरिनेछ । कार्यक्रमका लागि रू १५०५ फारम शुल्क लाग्नेछ ।
भने फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेका शाखा कार्यालयहरू, मानवसेवा आश्रमको आधिकारिक वेबसाईट र फेसबुक पेजबाट पनि प्राप्त गर्न सकिनेछ। कार्यक्रमका सहभागिहरुका लागि खान, बस्नको प्रबन्ध आश्रमले नै गर्नेछ ।
योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास,नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण हुने यस नौ दिवसिय ज्ञान हस्तान्तरण कार्यक्रम युवाहरुको जीवनरुपान्तरणका लागि कोसेढुङ्गा सावित हुने आश्रमले अपेष लिएको छ ।

उहाँ संग गरिएको पुरा कार्यक्रम रेडियो मुक्तीको फेसबुक आइडीको यो लिन्क क्लिक गरेर सुन्न सकिन्छ । 

 

प्रतिकृया दिनुहोस