रुपन्देहीमा इनरह्वील क्लवहरुको संयुक्त क्याम्प सम्पन्न
बुटवल,असार १
रुपन्देहीमा कृयाशील इनरह्वील क्लवहरुले संयुक्तरूपमा सर्भाइकल क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गरेका छन् । महिलाहरुको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै बुटवलमा सो क्याम्पस सञ्चालन गरिएको हो ।बुटवल ९ मा रहेको लुम्बिनी पाठशालामा ,इनरह्वील क्लव अफ मिड्टाउन बुटवल , इनरह्वील क्लव अफ तिलोत्तमा र इनरह्वील क्लव अफ बुटवल जितगढीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयरम्यान आशा श्रेष्ठले इनरह्वील क्लव सदैव सामाजिक र मानवीय काममा कृयाशील क्लव रहेको बताउनुभयो । प्रमुख अतिथि श्रेष्ठले महिला र बालबालिकाको क्षेत्रमा अझ बढी अग्रसर हुन सुझाव दिनुभयो । क्याम्पसमा १५० जनाको पाठेघर चेकजाँच गरिएको थियो भने जसमा ६ जनालाई संक्रमण भेटिएको कार्यक्रम संयोजक इनरव्हिल क्लव अफ मिड्टाउन बुटवल पूर्व अध्यक्ष साथै लुम्बिनी पाठशालाका प्राचार्य सरस्वती ढुङ्गानाले जानकारी दिनुभयो ।
कार्यक्रममा इनरह्वील क्लव अफ तिलोत्तमा अध्यक्ष सीता चालिसे , इनरह्वील क्लव अफ बुटवल जितगढीका अध्यक्ष दिलकुमारी भट्टराई , इनरह्वील क्लव अफ बुटवल जितगढीका संस्थापक अध्यक्ष उमा अर्याललगायतले बोल्नुभएको थियो ।

क्याम्पस महिलातथा स्त्रीरोग विशेषज्ञ डाक्टर ईशा शर्माले महिलाहरुको पाठेघरको जाँच गर्नुभएको थियो । परिवार नियोजन सङ्घका सिनियर स्टाफ नर्स सुष्मा श्रेष्ठ , स्टाफ नर्स रेखा चौधरी , सिर्जना श्रेष्ठ , प्रमिला धामी सहयोगीको रुपमा रहेका थिए । शिविरमा महेन्द्र बुढाप्रितीले सुगरको जाँच गरेका थिए ।कार्यक्रममा लुम्बिनी पाठशालाका अध्यक्ष नीलकण्ठ पंगेनी साथै समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ , कल्पना पाण्डे, गीता खनाल ,तृष्णा श्रेष्ठ ,प्रभा अर्याल ,कविता परियार, जमुना श्रेष्ठ, शिवा राना र सुशीला आचार्यले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए ।
सौजन्य कर्ताहरू कार्यक्रम संयोजक सरस्वती ढुङ्गानाले नगद रकम सहयोग, क्युरिक्स फार्मास्युटिकल्स प्राइभेट लिमिटेडका एरिया म्यानेजर टंक बन्जाडे ,सापकोटा फार्मेसीका सुशीला आचार्य र सरस्वती ढुंगानाले औषधिको सौजन्य गर्नुभएको थियो । इनरह्वील क्लव अफ मिड्टाउन बुटवलका अध्यक्ष राधिका रिजालको अध्यक्षता रहेको कार्यक्रममा सरस्वती ढुङ्गानाको स्वागत र रिता लामिछानेको सञ्चालन रहेको थियो ।





प्रतिकृया दिनुहोस