नेपाल एभरग्रीन पब्लिक इङ्गलिस स्कुलमा रक्तदान
बुटवल,फागुन ४
नेपाल पब्लिक इङ्गलिस भू।पु। विद्यार्थी समिति बुटवल - १७ मोतीपुर रुपन्देहीले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले बिद्यालयको २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर स्कुल प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उहाँले चुनाव प्रचार प्रचारको समयमा कुनैपनि नागरिकलाई रगतको अभाव नहोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको भुपु विद्यार्थी संघका अध्यक्ष इन्द्र न्यौपानेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम बाट २५ युनिट रगत संकलन भएको न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका संयोजक कुष्ण चौहान क्षेत्रीले यसरी संघ संस्थाहरुले रतmदान कार्यक्रमहरु गर्दा रक्तदान केन्द्रमा रगत खपत हुने भएकाले बिरामीलाई सहज रुपमा रगत वितरण गर्न सकिने बताउनु भयो। चौहानले सबै संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
नेपाल एभरग्रीन पब्लिक इङ्गलिसका प्रध्यानाध्यापक कपिलमणि ढकालले भुुपु विद्यार्थीहरु चुनावको यो समयमा आएर आफुले पढेको विद्यालयमा आएर रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद दिदै आउदा दिनहरुमा पनि सहकार्य र समन्वय गर्न आग्रह गनुभयो । कार्यक्रममा बिद्यालयका विद्यार्थी, भूपू विद्यार्थी, शिक्षक ,शिक्षिका र अभिभावक लगायत करिब १ सय जनाको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कुसल पाण्डेले गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस