महिला दिवसमा नियमित रक्तदाता संघ नेपालद्धारा रक्तदान : ८२ युनिट संकलन

बुटवल, फागुन २४ 
११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नियमित रक्तदाता संघ नेपालको मुख्य आयोजना तथा अन्य २८ वटा विभिन्न संघसंस्था र क्लबहरूको संयुक्त सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक), बुटवलमा आयोजित उक्त कार्यक्रममा दर्जनौं स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरी जीवन रक्षाको पुण्य कार्यमा सहभागी भएका थिए। 

कार्यक्रमले नारी दिवसको सन्दर्भमा महिलाहरूको योगदानलाई सम्मान गर्दै सामाजिक जिम्मेवारी र रक्तदानको महत्वलाई जोड दिएको थियो। रगतदान गर्ने ८२ जनालाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।सो अवसरमा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्यालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको सशक्तीकरणसँगै समाजसेवामा सक्रिय सहभागिताको प्रशंसा गर्नुभयो ।

संघका जिल्ला अध्यक्ष अशेष सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो महिला हिमानी ट्रष्ट रुपन्देहीकी संयोजक प्रजुना श्रेष्ठ सिलवाल, संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, नेपल रेडक्रस सोसाईटीका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी,संघका सल्लाहकार बिमलबहादुर शाक्य,लक्ष्मी भट्टराई, सारदा खड्का, किरण बिक, सरिता नेपाल,सदस्य गंगा विश्वकर्मा ,सुनिता खड्लुक बराल, (संयोजक) तथा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय सचिव मन्जु गिरी लगायतले बोलेका थिए ।

सो अवसरमा रक्तदान गर्ने महिलाहरूलाइ सेनेटरी प्याड र सिटामोल उपहार प्रदान गरिएको थियो भने पुरूष रक्तदातालाई सिटामोल प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए।सहभागिहरूले रक्तदानलाई एक महान् सामाजिक कार्यको रूपमा प्रस्तुत गर्दै नियमित रक्तदानको अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याएक छन् । संघले आगामी दिनमा पनि नियमित रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस