विश्व हिन्दु महासंघ रुपन्देही सहित चार संस्थाको संयुक्त बैठक तथा विविध कार्यक्रम सम्पन्न


१६ माघ , बुटवल

विश्व हिन्दु महासंघ  नेपाल रुपन्देही लगायत चार वटा संस्थाहरुको संयुक्त बैठक तथा विविध कार्यक्रम सम्पन्न भएको छ । माघ १५ गते विहिबार विश्व हिन्दु  महासंघ नेपाल जिल्ला शाखा रुपन्देही कार्यालयको सभाहलमा आयोजित चार संस्थाको संयुक्त बैठक सम्पन्न भएको हो । 
 विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देही, महिला समिति , नगर समिति, र नव जागृति बहुउद्धेश्यीय सामाजिक भवन ट्रष्ट,श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी संैजु बृद्धाश्रम र नव जागृति पुस्तकालयको  हरेक महिनाको १५ गते हुने  नियमित  बैठक मा अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले २०८२ साउन १ गतेदेखि २०८२ माघ १३ गते सम्मको आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी वागमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले विश्व हिन्दु महासंघ नेपाल रुपन्देही सहित चारवटै संस्थाको सहकार्यमा बैदिक सनातन जागरण,कला तथा संस्कृतिको संरक्षण तथा सामाजिक कार्यमा पुर्याएको योगदानको उच्च मुल्याकंन गर्दै प्रसंशा गर्नुभयो ।


यस्तै कार्यक्रममा चारै संस्थाका कोषाध्यक्ष अनुपमान शैंजु ,विश्व हिन्दु महासंघ नेपाल कला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष राम प्रसाद पाण्डेय,उपाध्यक्ष चुरा वहादुर खत्री,उर्भरभूमि  नेपालका अध्यक्ष गंगालाल श्रेष्ठ,विश्व हिन्दु महासंघ केन्द्रिय सदस्य लीला सिंह राना,कृष्ण प्रसाद भट्टराई,प्रदेश सचिव कमलकान्त पौडेल,साँस्कृतिकविद राजेन्द्र आचार्य लगायतले बोल्दै महासंघको संस्थागत पहलले समाजमा सकारात्मक चेतना फैलाउने,कला तथा साँस्कृतिक पहिचानलाई मजबुद बनाउँदै सामाजिक सदभाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । यसैबिच कार्यक्रममा कृष्ण प्रसाद भट्टराईद्धारा लिखित सनातन धर्मको मर्म र आधुनिक समाज कृति विमोचन, नव जागृति वुलेटिनको १३४ औं अंक र ॐ ज्ञानज्योतिको ११२ औं अंक लोकार्पण गरिएको थियो ।
विश्व हिन्दु महासंघ नेपाल  जिल्ला शाखा रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अधयक्षता,महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागत तथा कार्यालय प्रमुख उर्मिला श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा महिला समितिका महासचिव सुजिता सेरचनले वैदिक प्राथना गराउनु भएको थियो । विश्व हिन्दु महासंघ नेपाल केन्द्रिय सचिव पुनाराम पोख्र्रेलले  सहभागीलाई  धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन थियो ।


 

प्रतिकृया दिनुहोस