आज २५७०औँ बुद्ध जयन्ती ,बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
बुटवल वैशाख १८
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन आज २५७०औँ बुद्ध जयन्ती देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश फैलाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार आजकै दिन राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म रूपन्देहीको लुम्बिनीमा भएको थियो ।बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष पूजा तथा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सरसफाइ गरेर सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीको विशेष पूजा तथा मूल कार्यक्रममा प्रतिनिधि सभाका सभामुख सभामुख डिपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
बुद्ध जयन्तीका अवसरमा मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई सजाइएको छ भने विभिन्न बौद्ध स्तूपहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान समेत चलाएको थियो ।आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति ¥यालीको आयोजना गरिएको छ । बुद्ध जयन्ती मनाउन मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा आउने गरेका छन् । २९ वर्षको उमेरमा राज्यका सम्पूर्ण सुख सयल त्यागेर ज्ञानको खोजीमा निस्काएका सिद्धार्थले भारतको बोध गयामा ज्ञान प्राप्त गरेका थिए भने भारतकै कुश नगरमा महापरिनिर्वाण समेत प्राप्त गरेका थिए । जन्म, ज्ञान र निर्वाणजस्ता तीन वटै महत्त्वपूर्ण घटना घटना एउटै दिन परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले अत्यन्त पवित्र दिनका रूपमा लिने गर्दछन् ।बुद्धले प्रतिपादन गरेका दुःख, दुःखको कारण, दुःख निरोध र निरोधको उपायसम्बन्धी चार आर्यसत्य तथा त्यसको निवारणका लागि अष्टाङ्गिक मार्ग ९सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका, प्रयास, स्मृति र समाधि० का उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।यस अवसरमा नेवार तथा बौद्ध समुदायले बुद्धका मूर्तिहरूलाई सजाएर नगर परिक्रमा गराउने, धूप, दीप, फूल तथा प्रसाद चढाउने र भजन–कीर्तन गर्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनी सहित देशका विभिन्न गुठी तथा सांस्कृतिक संस्थाहरूले बुद्धका जीवन र शिक्षासँग सम्बन्धित झाँकी तथा नृत्य प्रदर्शन गरी सांस्कृतिक संरक्षणमा योगदान पु¥याउँदै आएका छन् ।





प्रतिकृया दिनुहोस