घरायसी विवादमा तिलोत्तमामा चक्कु प्रहारबाट छोराको मृत्यु
बाबु पक्राउ
बुटवल,०८ साउन
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय सरोज चौधरीलाई क्रिमसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारकै क्रममा साँझ उनको मृत्यु भएको हो ।
बिहिबार बिहान सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पताल, मणिग्रामबाट प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भने घरायसी विवाद हुँदा सरोजका बुबा अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको हो ।
चक्कु प्रहार गर्ने सहसराम चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





प्रतिकृया दिनुहोस