इनरह्वील क्लव अफ बुटवलको २४ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न
बुटवल,१० साउन ।
इनरह्वील क्लव अफ बुटवलको २४ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २५/२६ का अध्यक्ष बुलबुल श्रेष्ठले वर्ष २६/२७ का अध्यक्ष लुना श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक ३५० का पिएनआर समिरा ध्वजुले इनरह्वील क्लव बुटवलले समाजमा प्रभावकारी काम गरेको बताउनुभयो । उहाँले वर्ष २५/२६ को कार्यकालमा उत्कृष्ट सामाजिक कामहरु भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले क्लवहरुसँग सधै सहकार्य गरेर अगाडि बढिरहेको र आ गामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि पास्ट डिष्ट्रिक चियरमेन आशा श्रेष्ठ , डिष्ट्रिक एक्जुकेटिभ मेम्बर मिठु टण्डन भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
वर्ष २६/२७ का लागि अध्यक्ष लुना श्रेष्ठसँगै आइपिपिमा बुलबुल श्रेष्ठ , फस्ट भिपिमा विश्व श्रेष्ठ , सेकेन्ड भिपिमा गंगा श्रेष्ठ , सेक्रेटरीमा मिथिला श्रेष्ठ , ट्रेजररमा सीता ध्वजु चयन हुनुभएको छ । त्यसैगरी जोइन सेक्रेटरीमा अनिता श्रेष्ठ , जोइन ट्रेजररमा अर्पणा श्रेष्ठ , इडिटरमा मिना श्रेष्ठ , आएसओमा अम्बिका श्रेष्ठ चयन हुनुभएको क्लवले जनाएको छ । त्यसतै वर्ष २६र२७ का लागि एडभाइजरमा सानू श्रेष्ठ , सम्झना ज्ञवाली , राधिका गुरुङ , फस्ट जेन्टलमेन विष्णु कुमार श्रेष्ठ चयन हुनुभएको हो ।
कार्यक्रममा बोल्दै वर्ष २५/२६ का अध्यक्ष बुलबुल श्रेष्ठले आफ्नो कार्यकाल अवधिभर साथ र सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै नवनिर्वाचित अध्यक्ष लुना श्रेष्ठले यस वर्ष पनि क्लवको मर्यादा र गरिमालाई कायम राख्दै विभिन्न सामाजिक कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पद हस्तान्तरण कार्यक्रम एकल महिलालाई नगद रकम प्रदान गर्दै सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न क्लवका अध्यक्ष पदाधिकारी र क्लवका पूर्व अध्यक्षहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।





प्रतिकृया दिनुहोस