रोटरी क्लब अफ तिनाउद्वारा सकारात्मक सोँच उत्प्रेरक कार्यक्रम सम्पन्न 

 

बुटवल,३१ साउन

रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा सकारात्मक सोँच उत्प्रेरक कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सकारात्मक सोँचको विकास मानिसको विचार र व्यवहारमा निर्भर हुने बताउनुभयो।

प्रमुख वक्ता अधिकारीले मानिसको आँखा रसिलो, मुहार हँसिलो, शरीर कसिलो, चित्त शुद्ध र मनमा करुणा भए जीवनलाई सही गोरेटोमा अघि बढाउन सकिने बताउनुभयो। उहाँले सकारात्मक सोँचले व्यक्तिको व्यवहार, सम्बन्ध र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने धारणा राख्नुभयो।

कार्यक्रममा योग, ध्यान र व्यायामसमेत गराइएको थियो। यस्ता गतिविधिले सहभागीलाई सकारात्मक सोँच र स्वस्थ जीवनशैलीप्रति प्रेरित गरेको आयोजकले जनाएको छ। कार्यक्रममा रोटरियन तथा ननरोटरियनहरुको उल्लेख्य सहभागिता रहेको थियो।

रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष माया भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका मेन्टर मीना भुसाल पाठकको स्वागत तथा सचिव रमा थापाले सञ्चालन गर्नुभएको थियो।
 

प्रतिकृया दिनुहोस