विश्व हिन्दु महासंघद्वारा २७२औँ सत्सङ्ग तथा भजन–कीर्तन सम्पन्न

बुटवल, भदौ   ४

विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देही महिला समितिको आयोजनामा २७२औँ नियमित सत्सङ्ग तथा भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ।  
मंगलबार नव जागृति पुस्तकालयको मिनिहलमा सम्पन्न कार्यक्रममा श्रीमद्भागवत गीताको अध्याय २ को व्याख्या गर्दै महासंघका उपाध्यक्ष डा। बाबुराम ज्ञवालीले गीताले मानिसलाई कर्तव्य, आत्मज्ञान र कर्मप्रति प्रतिबद्ध हुन प्रेरित गर्ने बताउनुभयो।कार्यक्रम विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा  लुम्बिनी प्रदेश अध्यक्ष डा। बेनबहादुर पौडेल क्षेत्री,राधाकृष्ण मन्दिर बुटवल ८ का पूर्वअध्यक्ष श्यामप्रसाद भुसाल, सदस्य धुर्वराज काफ्ले,कृष्णप्रसाद कोइराला लगायतले बोल्दै नियमित सत्सङले हरेक मानिसमा सकारात्मक सोचको बिकास हुने बताएका थिए ।

विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागत तथा कार्यालय प्रमुख उर्मिला श्रेष्ठको संचालनमा भएको कार्यक्रममा महासचिव सुजिता शेरचनले वैदिक प्रार्थना प्रस्तुत गर्नुभएको थियो।  यसैबीच कार्यक्रममा  नव जागृति बुलेटिनको १४७ औं अंक समेत विमोचन गरिएको थियो। कार्यक्रमको समापन अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस