एनसिई रुपन्देहीद्वारा अन्तर्राष्ट्रिय युवा दिवसमा भेला तथा र्याली
बुटवल, भदौ ४
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा ‘भिन्न परिवेश स् साझा आकांक्षा’ भन्ने नारासहित युवाहरूको भेला तथा र्याली बुटवलमा सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो। र्यालीमा युवाहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। ‘फरक परिस्थिति, समान चाहनास युवा सशक्तीकरण नै हाम्रो कामना’, ‘भौगोलिक दूरी र फरक परिवेशस युवाको एउटै लक्ष्य, समृद्ध देश’ र ‘अवस्था फरक भए पनि, साझा छ हाम्रो आवाजस युवाको नेतृत्वले बदलिन्छ समाज’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
त्यस्तै, सुरक्षित डिजिटल संसार, खेलकुद र प्रविधिमा युवाको सहभागिता, स्वास्थ्य, सिकाइ र समृद्धिमा युवाको भूमिका तथा युवा एकताको सन्देश पनि र्यालीमार्फत दिइएको थियो।कार्यक्रममा बोल्दै युवा क्लबका अध्यक्ष सक्सेस रानाले सार्वजनिक शिक्षा सुधारका लागि युवाहरू सामूहिक रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमका अध्यक्ष तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल रुपन्देहीका संयोजक सुमित्रा शर्माले युवाहरूको सक्रियताले सार्वजनिक शिक्षाको सुदृढीकरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो। कार्यक्रममा सामाजिक अभियन्ता तथा रुपन्देहीका विभिन्न पालिकाका ३३ जना युवाहरुको सहभागिता रहेको थियो । 




प्रतिकृया दिनुहोस