राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारबाट साहित्यकार ज्ञवाली सम्मानित
बुटवल, असोज १६
नवजागृति पुस्तकालयद्वारा स्थापित राष्ट्रकवि माधवप्रसाद घिमिरे साहित्यकार पुरस्कारबाट साहित्यकार एवं सञ्चारकर्मी छविलाल ज्ञवाली सम्मानित हुनुभएको छ । बिहीबार विश्व हिन्दु महासङ्घ जिल्ला शाखा रुपन्देहीसहित चार संस्थाको नियमित बैठक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०८औँ जन्म जयन्तीको अवसरमा आयोजित स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रममा साहित्यकार ज्ञवालीलाई सम्मान गरिएको हो ।
कार्यक्रम विश्व हिन्दु महासङ्घ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता तथा महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष वरिष्ठ अधिवक्ता डा.बेनबहादुर पौडेल क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको हो । विश्व हिन्दु महासङ्घ महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागत तथा महासचिव सुजिता शेरचनको वैदिक प्रार्थना सम्पन्न कार्यक्रममा कला तथा संस्कृति संरक्षण समिति रुपन्देही समितिबाट भजन–कीर्तन प्रस्तुत गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा चार संस्थाको नियमित बैठक पनि भएकाले २०८३ भदौ १५ गतेबाट असोज १५ गते एक महिनासम्म संस्थाबाट सञ्चालन गरिएका गतिविधि तथा आर्थिक प्रतिवेदन अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डा. बेनबहादुर पौडेल क्षेत्रीले कार्यक्रममा बोल्दै हिन्दु धर्म भन्दा पुरानो धर्म भन्दा पुरानो धर्म संसारमा कुनै पनि नभएको विभिन्न अध्ययनले देखाएको बताउनु भयो । उहाँले यस कारण पनि हिन्दु धर्म जोगाइराख्न महासंघले नियमित कार्यक्रम गरिरहेको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार छविलाल ज्ञवाली,यदु प्रसाद लामिछाने तथा नेत्र प्रसाद पाण्डेले राष्ट्रकवि घिमिरेको सम्झनामा कविता प्रस्तुत गरेका थिए ।
स्रष्टा सम्मान समितिका संयोजक पण्डित कृष्ण प्रसाद कोइरालाले साहित्यकार छविलाल ज्ञवालीको संक्षिप्त परिचय तथा राष्ट्रकवि घिमिरेको महिमा प्रस्तुत गर्नु भएको थियो । मानव सेवा आश्रमका सदस्य शेरबहादुर गौतमले मानव सेवा आश्रमले गरेका गतिविधिको जानकारी गराउँदै पूण्यलाभका लागि सहभागीलाई सेवामा जोडिन आग्रह गर्नुभयो ।विश्व हिन्दु महासङ्घ नेपाल केन्द्रीय सचिव पुनाराम पोखरेलको धन्यवाद,कार्यालय सचिव उर्मिला श्रेष्ठको सञ्चालनमा अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले समापन गर्नु भएको कार्यक्रममा श्री सिद्ध बाबा दुर्गा भवानी शिव कुमारी सैंजु बुद्धाश्रममा जिन्सी तथा खाद्यान्न सहयोग गर्ने अम्बिका श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा यसैबिच ज्ञानज्योती पुस्तकको ११६औँ अंक तथा नवजागृति बुलेटिनको १५०औँ अंक विमोचन गरिएको थियो ।

.jpeg)



प्रतिकृया दिनुहोस