वेस्टर्न मेगा कलेजमा BHM र BIT नयाँ विद्यार्थीका लागि शैक्षिक अभिमुखीकरण

बुटवल, असोज १७ 

बुटवल–१५, ढवाहास्थित प्रतिष्ठित शैक्षिक संस्था वेस्टर्न मेगा कलेजमा BHM तथा BIT Intake 2026 का नवआगन्तुक विद्यार्थीहरूका लागि Academic Orientation Program 2026 सम्पन्न भएको छ।

कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नीति–नियम, अध्ययन प्रणाली तथा आगामी शैक्षिक यात्रा र करियरका अवसरबारे स्पष्ट मार्गदर्शन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा आतिथ्य सत्कार र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा अतिथि तथा विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका Academic Coordinator श्री यज्ञप्रसाद न्यौपानेले BHM तथा BIT कार्यक्रमको शैक्षिक सम्भावना, उद्योगगत अवसर तथा विद्यार्थीहरूको कर्तव्यबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले उच्च शिक्षाको महत्वपूर्ण चरणमा विद्यार्थीहरूले आफ्नो अनुशासन, नियमितता र कडा मेहनतलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा प्रेरणादायी मार्गदर्शन प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।

कार्यक्रममा Ila Hotel & Resort का Chief Executive Officer तथा विशिष्ट अतिथि श्री लक्ष्मण थापाले होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीहरूका लागि विश्वव्यापी बजारमा रहेका सम्भावनाबारे प्रकाश पार्नुभएको थियो। उहाँले व्यावसायिक दक्षता, आतिथ्य सत्कारको मर्म तथा इन्टर्नसिपमार्फत प्राप्त हुने व्यावहारिक अनुभव नै करियर सफलताको महत्वपूर्ण कडी भएको बताउँदै विद्यार्थीहरूलाई आफ्नो सञ्चार सीप तथा व्यक्तित्व विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो।

त्यसैगरी, मुख्य वक्ताका रूपमा आमन्त्रित AI/ML Engineer इन्जिनियर अमृत रणाभाटले सूचना प्रविधिको क्षेत्रमा भइरहेका अत्याधुनिक विकास तथा Artificial Intelligence को प्रयोगबारे विशेष जानकारी दिनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नरही आधुनिक प्रविधिसँग अभ्यस्त हुन तथा बजारको मागअनुसार प्राविधिक सीप हासिल गर्न दिशानिर्देशन गर्नुभएको थियो। साथै, सूचना प्रविधिको सही प्रयोग गर्दै व्यावहारिक प्रोजेक्टहरूमा सक्रिय रूपमा सहभागी हुन उहाँले विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै कलेजका प्रिन्सिपल अधिवक्ता किसु शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले वर्तमान प्रतिस्पर्धात्मक युगमा केवल सैद्धान्तिक प्रमाणपत्रले मात्र नपुग्ने स्पष्ट पार्दै विद्यार्थीहरूलाई सिर्जनशील, स्वाभिमानी तथा चुनौतीहरूसँग दृढतापूर्वक जुध्न सक्ने साहसी बन्न आह्वान गर्नुभएको थियो। प्रिन्सिपल शर्माले कलेज प्रशासन विद्यार्थीहरूको चौतर्फी विकास, व्यक्तिगत सुरक्षा तथा गुणस्तरीय भविष्य निर्माणका लागि सधैँ विद्यार्थीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको प्राज्ञिक सत्रअन्तर्गत BHM कार्यक्रमतर्फका BHM Coordinator Chef विकास खत्रीले कलेजको दृष्टिकोण, शैक्षिक नियम, परीक्षा प्रणाली, पुस्तकालय तथा आतिथ्य सत्कार क्षेत्रका इन्टर्नसिप र करियरका अवसरहरूबारे विद्यार्थीहरूलाई व्यावहारिक जानकारी गराउनुभएको थियो।

कलेजमा कार्यरत प्रशासनिक कर्मचारी एलिजा बज्राचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा नवआगन्तुक विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना शैक्षिक कार्यक्रम, कलेजको अध्ययन प्रणाली तथा भविष्यमा उपलब्ध हुने करियरका अवसरबारे जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमले BHM तथा BIT कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण बुझ्न, शिक्षक तथा कर्मचारीसँग परिचित हुन र आतिथ्य सत्कार तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरूबाट आफ्नो भविष्यको करियरबारे व्यावहारिक दृष्टिकोण हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

प्रतिकृया दिनुहोस
↑