दसैँका लागि नयाँ बसपार्कमा अग्रिम टिकट लिन बिहानैदेखि भीड
काठमाडौँ २३ असोज
वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैँका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ।
दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्। अग्रिम टिकट खुलेसँगै बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको छ। दसैँका बेला यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम टिकट बुकिङका लागि पुगेका हुन्।





प्रतिकृया दिनुहोस