आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरु

 असोज २४ 

आश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आज देशभर हिन्दू धर्मावलम्बीहरूले विधिपूर्वक श्राद्ध गरी पितृप्रति श्रद्धा अर्पण गर्दै छन्।
हिन्दू धर्मशास्त्रअनुसार पितृ पक्षलाई दिवंगत पूर्वजहरूको सम्झना र सम्मान गर्ने विशेष समयका रूपमा लिइन्छ। यस अवधिमा आफ्ना दिवंगत बाबुआमा तथा पूर्वजहरूको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा छ। पितृ पक्षको अन्तिम दिन पर्ने औँसीलाई सर्वपितृ औँसीका रूपमा पनि चिनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोअनुसार आज असोज २४ गते शनिबार औँसी श्राद्ध गरी पितृ पक्ष समापन गरिँदै छ। भोलि असोज २५ गते आइतबार आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी बडादसैँको आरम्भ गरिनेछ।

प्रतिकृया दिनुहोस
↑