काङ्ग्रेस क्षेत्र नं २ क्षेत्रीय सभापतिमा तुलसा शर्मा वाग्ले सर्वसम्मत निर्वाचित
बुटवल,२४ असोज
नेपाली काङ्ग्रेस १५ औँ नियमित महाधिवेशनबाट क्षेत्र नं २ क्षेत्रीय सभापतिमा तुल्सा शर्मा वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुटवल ११ देविसद्व चोकमा सम्पन्न अधिवेशनबाट वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
त्यसतै प्रदेश सभा क सभापतिमा डिल बहादुर थापा क्षेत्री र प्रदेश सभा ख को सभापतिमा पदम बहादुर राना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य डा दामोदर भुसाल प्रमुख अतिथ्यतामा कार्यक्रमको अध्यक्षता क्षेत्रीय संयोजक तुल्सा शर्मा वाग्लेले गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली काङ्ग्रेस केन्द्रीय प्रतिनिधि तथा जिल्ला संयोजक गुणाखर भूर्तेल रहनुभएको थियोे ।
क्षेत्र नं २ अन्तर्गतका वुटवल तिलोत्तमा सैनामैनाका २३ वटै वडाध्क्षहरु, नगरसभापतिहरु क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य वुटवल नगर सभापति प्रभा अर्यालले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव किरण गौतमले गर्नुभएको थियो ।
नगर वडा अधिवेशनमार्फत चार वडा समिति यस अघी नै सर्वसम्मत चयन भइसकेको छ ।


.png)


प्रतिकृया दिनुहोस